आज प्रदोषव्रत, हेर्नुहोस् आजको दिन २०७७ पौष २६ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 9, 2021

आज प्रदोषव्रत, हेर्नुहोस् आजको दिन २०७७ पौष २६ गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत  जनवरी महिनाको १० तारिख,  आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत पौष कृष्णपक्षको द्वादशी तिथि दिवा ३।३६  बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् ।  अनुराधा नक्षत्र बिहदवा १०।१ बजेसम्म  रहनेछन् । यसैगरी आज गण्ड योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२५ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा रहेका  छन् ।  

आज रविप्रदोष व्रत परेको छ । प्रदोषमा शिवजीको उपासना शुभफलदायी रहने गर्दछ । सूर्यन्य दोष निवृत्तिका साथै बल बुद्धि र ऐश्वर्यमा वृद्धिका निम्ति आजको व्रत फलदायी रहनेछ । 

 

उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment