मेष राशिः मेष राशिका लागि साता सुखद् रहने देखिन्छ । लग्नभावमा मंगलेको निवास रहेको छ । जसले भौतिक वस्तुका साथै जग्गाजमीनबाट लाभ दिलाउने देखिन्छ । सोमवारको पूर्वद्र्धसम्मको समय भने केही कार्यदायी रहनसक्नेछ । चन्द्रमाको प्रतिकूलताले गर्दा कार्यमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । शत्रुपक्ष पनि तत् समयमा सबल रहनसक्नेछन् । सोमवारको उत्तराद्र्धपछिका समय भने सुखद् रहनेछन् । कार्यक्षेत्र सफल बन्ने देखिन्छ । निर्णयप्रक्रियामा अडिग रहनु नै उचित हुनेछ । आर्थिक दृष्टिले पनि साताको उत्तराद्र्ध सुखद् रहनेछ । लागानीका नयाँ मार्ग प्राप्त हुनेछन् । व्यापार व्यवसयमा पनि मंगलवारपछिका समय सुखद् रहनेछन् । सेयर लगानी पनि प्रतिफलदायी बन्ने देखिन्छ । कृषि व्यववसायीका निम्ति फलफूलजन्य वस्तु लाभदायी रहनेछन् । पराक्रम भाव सबल देखिन्छ । भाग्य अभिवृद्धिका पनि योग रहेका छन् । विद्याको क्षेत्र सफल नै रहनेछ । विशेषतः प्राविधिक विषयको अध्ययनार्थीका निम्ति साता फलप्रद रहनेछ । कलात्मक पक्ष यो साता मध्यम फलदायी रहनेछ । प्रेममा पारख बढ्नुका साथै सुखद् परिभ्रमणका योग पनि देखिन्छन् । प्रेममा मामिलामा वोलीमा संयम रहनु उचित रहने देखिन्छ । पारिवारिक सुखका योग पनि रहेका छन् । वैदेशिक क्षेत्र यो साता सुखद् रहनेछ । कार्य प्राप्तिका साथै मित्रपक्षबाट पनि लाभ रहनेछ । स्वास्थ्यको भाव मध्यम फलदायी देखिन्छ । शीतजन्य वस्तुको प्रयोगमा सजग रहनु उचित हुने साताको राशिफल रहेको छ ।
वृष राशिः वृष राशिका लागि साता अर्थदायी रहनेछ । चन्द्रमाको प्रभावले साताको आरम्भलाई कलात्मक बनाएका छन् । साहित्य सृजनाका साथै सांगीतिक पक्ष सबल रहने देखिन्छ । कार्य व्यवसायका दृष्टिले भौतिक पक्ष यो साता समुन्नत रहनेछन् । धातुजन्य वस्तुबाट लाभ रहनेछ । राजनीतिको क्षेत्र मध्यम फलदायी रहनेछ । लग्नमा राहुको निवासले मनमा चपलता भने दिलाउनसक्ने देखिन्छ । निर्णयप्रक्रियामा धैर्यवृत्तिले लाभ हुनेछ । मंगल र बुधवारका समय भने केही कार्यदायी रहनसक्नेछन् । तत् समयमा ग्रहबल केही प्रतिकूल बन्ने देखिन्छ । यसैले उक्त समयमा लेनदेका विशेष कार्यमा अग्रसर नरहनु नै उचित हुनेछ । मित्र पक्षको साथ सहयोग प्राप्त हुने दखिन्छ । सेयर लगानीकार्ताका निम्ति सोम र बिहीवारको समय उत्तम रहनेछ । कागजी मुलायम वस्तुको व्यापार व्यवसायीका निम्ति आइत, सोम, बिही र शुक्रवारका समय सुखद् रहनेछन् । कृषि व्यवसायीका निम्ति अन्न वालीबाट लाभ रहनेछ । विद्याको क्षेत्र– सफल नै देखिन्छ । खोज अनुसन्धानका कार्यमा विशेष संलग्नता रहनेछ । जलीय वस्तुको व्यवसाय पनि यो साता सुखद् नै रहनेछ । प्रेमको भाव उन्नत छ । नयाँ प्रेम सम्बन्ध स्थापित गर्नेका निम्ति पनि साता सफल रहनेछ । सुखद् परिभ्रमणका योग पनि देखिन्छन् । वैदेशिक क्षेत्रबाट पनि लाभका योग देखिन्छन् । स्वास्थ्यका दृष्टिले मंगल र बुधवारको समय कमजोर रहने साताको राशिफल रहेको छ ।
मिथुन राशिः मिथुन राशिका लागि यो साता फलदायी रहनेछ । वाणिज्यको क्षेत्र यो साता सुखद् रहने देखिन्छ । कायृक्षेत्रमा पनि सफलता मिल्नुकास ाथै पद प्रतिष्ठाा अभिवृद्धिका योग रहेका छन् । जलीय वस्तुबाट लाभ रहनेछ । आथिृक दृष्टिले बिही र शुक्राव रबाहेकका समय सुखद् रहनेछन् । सेयर व्यवसायीका निम्त बुधवारसम्मको समय सुखद् रहने देखिन्छ । मित्र पक्ष सहयोगी रहनेछन् । राजनीतिको क्षेत्र यो साता मध्यम फलदायी रहनेछ । कृषिकर्मीका निम्त फलफूल एवं तरकारीजन्यवस्तुबाट लाभ रहनेछ । पारिवारि पक्ष सुखद् रहनेछ । दाम्पत्य सुखका योग रहेका छन् । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ । विशेषतः वाणिज्य क्षेत्रको अध्ययन गर्नेका निम्त साता सुखद् रहनेछ । प्रेम प्रणका दृपिटले साताको पूर्वद्र्ध सुखद् रहनेछ । बौद्धिक कार्यमा विशेष संलग्नता रहने देखिन्छ । सांगीतिक पक्ष फलदायी नै रहने देखिन्छ । विशेष लाभका अवसर प्रापतहुनेछन् । वैदेशिक पक्ष लाभप्द नै देखिन्छ । बिही र शुक्रवारको समय भने केही कार्यदायी रहनसक्ने देखिन्छ । उक्त समयमा खानपानका साथै लेनदोनका कार्यमा अग्रसर नरहनु नै उचित हुनेछ । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग यो शुभ रहने साताको राशिफल रहेको छ ।
कर्कट रािश ः कर्कट राशिका लागि साता अर्थदाय िरहनेछ । कर्मभाव सबल देखिन्छ । धातुजन्य वस्तुबाट यो साता लाभ रहनेछ । मित्र पक्ष सबल रहनुका साथै कार्य व्यवसायमा पनि उन्नतिका योग देखिन्छन् । राजनीतिको क्षेत्र पनि यो साता सुखद् रहनेछ । आर्थिक दृष्टिले साता सफल रहनेछ । लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । धातुजन्य वसतुको व्यवसय यो साता उन्नत रहनेछ । कृषिकर्मीका निम्ति पशु चौपायबाट लाभ रहनेछ । विद्याको भाव सफल देखिन्छ । कला साहित्य सृजनामा पनि मन प्रवृत्त रहनेछ । सांगीतिक पक्ष पनि लाभदायी रहनेछ । पारिवारिक पक्ष उन्नत देखिन्छ । दाम्पत्य सुखकाय ोग रहेको छन् । खेको क्षेत्र पनि यो साता सुखद् रहनेछ । नयाँ अवस प्राप्तिका साथै परिभ्रमाणका योग पनि देखिन्छन् । पे्रमको भाव पनि सबल रहने भएकाले सम्बन्धमा पनि प्रगाढता थपिने छ । निर्णय प्रक्रियामा भनो बुद्धिपक्षको प्रयोग यो साता सुखद् रहनेछ । वैदेशिक पक्ष यो साता सुखद् देखिन्छ । स्वास्थ्यको भाव सबल नै रहनेछ । शनिवारको समय भने केही कार्यदायी रहनसक्ने देखिन्छ । तत् समयमा लेनदेनका कार्यमा अग्रसर नरहनु नै उचित हुने साताको राशिफल रहेको छ ।
सिंह राशिः सिंह राशिका लागि यो साता मिश्रित फलदायी रहनेछ । सोमवारसम्मको समय केही कार्यदायी रहनसक्ने देखिन्छ । ग्रहबल कमजोर रहने भएकाले विशेष निर्णका कार्यमा सजग रहनु नै उचित हुनेछ । स्वास्थ्यको भाव मध्यम फलदायी रहनेछ । शीतजन्य वस्तुबाट टाढै रहनु उचित हुनेछ । मंगलवारपछिको समय भने सुखद् बन्दै जाने देखिन्छ । कार्यक्षेत्रमा पनि क्रमशः लाभका योग बन्दै जाने देखिन्छ । आर्थिक पक्ष यो साता सुखद् रहनेछ । व्यापार व्यवसायमा पनि क्रमशः वृद्धि हुदै जाने देखिन्छ । सेयर लगानीका निम्ति मंगलवारपछिको समय सुखद् रहनेछ । प्रशासनिक कार्यक्षेत्र हुनेका निम्ति साता मध्यम फलदायी रहनेछ । बुद्धिपक्षको प्रयोग यो साता सुखद् रहने देखिनछ । निर्णय प्रक्रियामा नहतारिनु नै उचिनत हुनेछ । कला सृजनाको क्षेत्र यो साता उर्वर रहनेछ । व्यवसायिक दृष्टिले भौतिक वस्तु लाभदायी रहनेछन् । विद्याको भाव फलदायी रहनेछ । कलात्मक पक्षको अध्ययन अध्यापन यो साता सफल रहनेछ । सांगीतिक पक्ष सुखद् रहने देखिन्छ । आफन्तजनको साथ सहयोग मिल्नुका साथै पारिवारिक सुखका योग पनि रहेका छन् । वैदेशिक पक्ष उन्नत नै रहने देखिन्छ । कार्य लाभका अवसर प्राप्त हुनेछन् । प्रेमको पक्ष अनुकूल नै रहनेछ । सम्बन्धमा नयाँ आयाम थपिनेछन् । राजनीतिको क्षेत्र भने यो साता संघर्षदायी रहनसक्ने साताको राशिफल रहेको छ ।
कन्या राशिः कन्या राशिका लागि साता उन्नतिदायी रहनेछ । बुद्धि पक्ष यो साता सबल रहनेछ । कला साहित्य एवं संगीतका क्षेत्रमा पनि उन्नति योग देखिन्छन् । नेतृत्व क्षमतामा वृद्धि हुनेछ । आर्थिक दृष्टिले साता उर्वर रहनेछ । वित्तीय क्षेत्र सबल रहनेछ । रेसमी मुलाययम वस्तुका साथै कागजी व्यवसाय पनि यो साता उन्नत रहनेछ । सेयर व्यवसायमा बैर्किक क्षेत्र उन्नत रहनेछ । कृषि व्यवसायीका निम्ति पशु चौपायबाट लाभ रहनेछ । पारिवारिक पक्ष सबल देखिन्छ । आफन्तजनको साथ सहयोग मिल्नुका साथै सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । भाग्यको क्षेत्र उन्नत रहनेछ । विद्याको क्षेत्र सबल रहनेछ । प्राज्ञिक कार्यमा विशेष संलग्नता रहनेछ । खेलको क्षेत्र पनि यो साता उन्नत नै रहनेछ । राजनीतिकर्मीका निम्ति बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । पारिवारिक पक्ष सुखद् नै देखिन्छ । सन्नततिबाट लाभ रहनेछ । प्रेम प्रणका दृष्टिले साता सुखमय रहनेछ । वैदेशिक षेत्रबाट लाभका योग देखिन्छन् । मंगल र बुधवारको समय भने स्वास्थ्यको दृष्टिले कमजोर रहनसकनेछ । तत् समयमा खानपानमा सजग रहनु नै उचित हुनेछ । यसैगरी उक्त समयमा शत्रु पक्ष पनि सबल रहनसक्ने साताको राशिफल रहेको छ ।
तुला राशिः तुला राशिका लागि यो साता फलदायी रहनेछ । कर्मक्षेत्र– सबल देखिन्छ । व्यवसायमा उन्नतिका साथै नेतृत्व क्षमतामा वृद्धिका योग देखिन्छन् । मित्र पक्ष सहयोगी रहनेछन् । आर्थिक दृष्टिले साताको पूर्वाद्र्ध उन्नत रहनेछ । जलीय वस्तु यो साता लाभदायी रहनेछन् । आयमा वृद्धिका साथै लागानीका नयाँ मार्ग प्राप्त हुनेछन् । कृषिकर्मीका निम्ति अन्नबाटीबाट लाभ रहनेछ । सेयर व्यवसायमा बुधवारसम्मको समय सफल रहनेछ । वित्तीय क्षेत्रबाट लाभका योग देखिन्छन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । कला साहित्य पषको अध्ययन यो साता फलिभूत रहनेछ । खेलको क्षेत्र पनि उन्नत नै रहने देखिन्छ । राजनीति कर्मीका निम्त साता कार्यदायी रहनसक्ने देखिन्छ । सांगीतिक क्षेत्रबाट भने लाभका योग देखिन्छन् । वैदेशिक यात्राका अवसर पनि प्राप्त हुनेछन् । प्रेम प्रणका दृष्टिले साता सुखमय रहनेछ । सम्बन्धमा प्रगाढता थपिने देखिन्छ । स्वास्थ्यको भाव मध्यम फलदायी रहनेछ । बुध र बिहीवारको समय भने केही कार्यदायी रहनसक्नेछ । तत् समयमा ग्रहबल कमजोर रहने भएकाले विशेष निर्णयका कार्यमा अग्रसर नरहनु नै उचित हुने साताको राशिफल रहेको छ ।
वृश्चिक राशिः वृश्चिक राशिका लागि साता अर्थदायी रहनेछ । कार्यक्षेत्र सबल देखिन्छ । नेतृत्व क्षमतामा उन्नतिका साथै पद प्रतिष्ठामा पनि अभिवृद्धिका योग देखिन्छन् । मित्र पक्ष सबल रहनेछन् । वित्तीइ पक्ष यो साता सुदृढ रहनेछ । आयमा वृद्धि हुनुका साथै लागनीका नयँ अवसर पनि प्राप्त हुने देखिन्छ । भौतिक वसतु लाभदायी रहनेछन् । सेयर व्यवसायीका निम्ति बैंकिङ एवं बीमाको क्षेत्र उन्नत रहनेछ । कृषिकमीकैका निम्ति फलफूल एवं तरकारीबाट लाभ हुने देखिन्छ । पारिवारिक पक्ष सबल उन्नत रहनेछ । सन्तति सुखका योग देखिन्छन् । विद्याको भाव सुखद् रहनेछ । प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धिका योग रहेका छन् । प्रयोगात्मक पक्षको अध्ययन कर्ताका निम्त साता सुखद् रहने देखिन्छ । कला साहित्य एवं संगीतको क्षेत्र पनि लाभदायी नै रहनेछ । खेलक्षेत्रबाट पनि लाभका योग देखिन्छन् । राजनीतिको भाव मध्यम फलदायी रहनेछ । वैदेशिक क्षेत्रबाट लाभका साथै कार्यप्राप्तिका अवसर पनि मिल्नेछन् । पे्रम प्रणका दृष्टिले साता सुखद् रहनेछ । स्वास्थ्यको भाव मध्यमफलदायी रहनेछ । शनिवारको समयमा भने ग्रहबल कमजोर रहनसक्ने देखिन्छ । तत् समयमा खानपानका साथै लेन देनका कार्यम सजग रहनु नै उचित हुने देखिन्छ ।
धनु राशिः धनु राशिका लागि साताको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । सोमवारसम्म ग्रहबल कमजोर रहनेछ । जसले कार्यक्षेत्रमा संघर्षका साथै खर्चमा पनि वृद्धि गराउन सक्ने देखिन्छ । तत् समयमा शत्रुपक्ष पनि सबल रहनसक्नेछन् । मंगलवारपछिको समय सुखद् बन्दै जानेछ । आय आर्जनका स्रोत क्रमशः बढ्दै देखिन्छ । कर्मक्षेत्रमा पनि क्रमशः उन्नतिका योग देखिन्छन् । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग यो साता सुखद् रहनेछ । आर्थिक दृष्टिले पनि मंगलवारपछिको समय सुखद् रहनेछ । जलीय वस्तुको व्यवसाय फलिभूत रहने देखिन्छ । सेयर व्यवसायीका निम्त बुध र बिहीवार सुखद् रहनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि बढ्नुका साथै अध्यात्म चिन्तनमा पनि केही समय व्यतीत हुने देखिन्छ । पारिवारिक पक्ष सुखद् रहनेछ । प्रेम भाव सबल रहनेछ । दाम्पत्य सुखका पनि योग रहेका छन् । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग यो साता सुखद् रहनेछ । स्वास्थ्यको भाव मध्यम फलदायी रहनहेछ । विशेषतः शीतकारक वस्तुबाट सजग रहनु होला । मित्र सहयोग मिल्ने देखिन्छ । प्राविधिक कार्यक्षेत्र हुनेका निम्त साता सुखद् देखिन्छ । आयमा वृद्धिका साथै सुखद्यत्राका अवसर पनि प्राप्त हुनेछन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्ने साताको राशिफल रहेको छ ।
मकर राशिः मकर राशिका लागि साता फलिभूत रहनेछ । कार्यक्षेत्रमा उन्नति योग देखिन्छन् । नेतृत्व क्षमतामा वृद्धि हुनेछ । आर्थिक लाभका साथै नयाँ कार्य व्यवसायमा मन अभिप्रेरित हुने देखिन्छ । विशेषतः सोमवारसम्मको समय कार्यक्षेत्रमा उन्नतिदायी रहनेछ । पद प्रतिष्ठामा पनि अभिवृद्धिका योग देखिन्छन् । आर्थिक दृष्टिले पनि साता सुखद् नै देखिन्छ । व्यापार व्यवसायमा वृद्धिका योग देखिन्छन् । धातुजन्य वस्तुको कार्य व्यवसाय उन्नत रहनेछ । सेयर लगानी पनि प्रतिफलदायी बन्ने देखिन्छ । विद्याको भाव मध्यमफलदायी रहनेछ । विद्या भावमा राहुको प्रभाव रहेकाले अध्ययनमा सफलताका निम्ति दुर्गा भगवतीको उपासना शुभ रहनेछ । प्राविधिक विषयको अध्ययनका साथै खोज अनुसन्धानकर्ताका निम्त साता सुखद् नै देखिन्छ । मनोरञ्जनमा अधिक समय व्यतीत हुनेछ । सांगीतिक पक्ष पनि लाभदायी रहनेछ । वैदेशकि क्षेत्रबाट लाभका योग देखिन्छन् । यात्रा अर्थदायी रहनेछ । प्रेम प्रणयका दृष्टिले पनि बिहीवारपछिको समय सुखद् रहनेछ । मंगल र बुधवारको समय मा भने ग्रहबल कमजो रहने देखिन्छ । यसैले तत् समयमा खर्च वृद्धिका साथै कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । शत्रुपक्षबाट पनि सजग रहनु नै उचित हुने साताको राशिफल रहेको छ ।
कुम्भ राशिः कुम्भ राशिका लागि साता अर्थदायी रहनेछ । कार्य क्षेत्र सबल रहनेछ । कर्मभावमा केतुको निवासले केही संघर्षदयी बनाए पनि उचित प्रतिफल भने प्राप्त हुने देखिन्छ । आर्थिक पक्ष यो साता फलदायी रहनेछ । बुधवारसम्मको समय विशेष लाभदायी देखिन्छ । तत् समयमा सेयर लगानी पनि प्रतिफलदायी बन्ने देखिन्छ । भौतिक वस्तुबाट यो साता लाभका रहनेछ । कृषिकर्मीका निम्ति फलपूल एवं अन्नबालीको व्यवसाय फलिभूत रहनेछ । सामाजिक पद प्रतिष्ठा अभिवृद्धिका योग देखिन्छन् । मित्र पक्षबाट साथ सहयोग मिल्नेछ । राजनीतिक दृष्टिले साता प्रभावकारी रहनेछ । नेतृत्व क्षमतामा वृद्धि हुनेछ । पारिवारिक पक्ष सुखद् रहनेछ । प्रेममा पनि पारख बढ्नुका साथै सम्बन्धमा नयाँ आयाम थपिने देखिन्छ । खेलको क्षेत्र यो साता सुखद् रहनेछ । विद्याको भाव मध्यमफलदायी रहनेछ । प्राविधिक विषयको अध्ययन अध्यापन गर्नेका निम्ति साता सुखद् रहनेछ । वैदेशिक क्षेत्रबाट उन्नतिका योग रहेका छन् । परिभ्रमण अर्थदायी रहनेछ । स्वास्थ्यको भाव यो साता मध्यम फलदायी रहनेछ । बिही र शुक्रवारको समयमा ग्रहबल केही कमजोर रहनसक्ने देखिन्छ । तत् समयमा शत्रुपक्ष सबल रहने भएकाले लेनदेन एवं खानपिनमा विशेष सजग रहनु उचित हुने साताको राशिफल रहेको छ ।
मीन राशि ः मीन राशिका लागि साता फलदायी रहनेछ । अधिक समय चन्द्रमाको अनुकूलता रहने देखिन्छ । जसले कार्यक्षेत्रमा उन्नतिका साथै व्यवसायमा पनि सफलता प्राप्त हुने देखिन्छ । नेतृत्व क्षमतामा वृद्धिका योग देखिन्छन् । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग शुभ रहनेछ । वित्तीय क्षेत्र सबल रहनेछ । आयमा वृद्धिका साथै व्यवासायिक पक्ष सफल रहनेछ । धातुजन्य वस्तु यो साता लाभदायी रहनेछन् । सेयर लागानीका निम्ति बीमाको क्षेत्र सफल रहनेछ । बैकिंग क्षेत्रको लगानी प्रतिफलदायी रहनेछ । विद्याको क्षेत्र यो साता सुखद् देखिन्छ । वाणिज्य क्षेत्रको अध्ययन गर्नेका निम्ति साता सुखद् रहनेछ । घर परिवारबाट पनि साथ सहयोग प्राप्त हुने देखिन्छ । सामाजिक पद प्रतिष्ठामा अभिवृद्धिका योग रहेका छन् । प्रेम प्रणयका दृष्टिले साता सुखद् रहनेछ । नयाँ क्षेत्रको परिभ्रमणले प्रेम पक्ष मजबुत हुने देखिन्छ । वैदेशिक क्षेत्र यो साता उन्नत रहनेछ । स्वास्थ्यको भाव उन्नत रहनेछ । पारिवारिक साथ सहयोगमिल्नुका साथै सन्ततिबाट पनि लाभ रहनेछ । राजनीतिकर्मीका निम्ति बुद्धिपक्षको प्रयोग यो साता सुखद् रहनेछ । भूधन लाभदायी रहनेछ । धार्मि कार्यमा रुचि रहनुका साथै सुखद् परिभ्रमण अवसर पनि प्राप्त हुनेछन् । शनिवारको समय भने संघर्षदायी रहनसक्ने साताके राशिफल रहेको छ ।
उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment