श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको १३ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत पौष कृष्णपक्षको औँसी तिथि बिहान १०।२७ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराषाढा नक्षत्र बिहान राति ६।१४ बजेसम्म रहनेछन् । यसैगरी आज हर्षण योग र नाग करण रहेका छन् । आज सूर्योदय बिहान ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२८ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा रहेका छन् ।
आज पौषे औँसी हो । आज मौन स्नानको विशेष महिमा रहेको पायन्छ । यसका साथै पितृप्रति श्रद्धाभक्तिपूर्वक गरिएको दान पुण्य फलदायी रहने गर्दछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment