आजको राशिफल २०७७ पौष २९ गते, बुधवार - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 12, 2021

आजको राशिफल २०७७ पौष २९ गते, बुधवार

 





मेष राशिः   आर्थिक लाभ हुनेछ । मित्र सुखका साथै कला सृजनामा मन अभिप्रेरित रहनेछ । प्रेममा पारख बढ्ने आजको राशिफल रहेको छ । 


वृष राशिः  आजको दिन कार्यदायी रहनसक्नेछ । शत्रु भयका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । 


मिथुन राशिः  प्रिय सुख मिल्नेछ । व्यवसायमा उन्नतिका  साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । कर्मक्षेत्र सबल रहनेछ ।


कर्कट राशिः व्यवसायमा उन्नति हुनेछ ।  आय आर्जमा वृद्धि हुनुका साथै कार्य लाभका योग देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ ।


सिंह राशिः पारिवारिक सुख मिल्नेछ । जलीय पदार्थ लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा  पनि सफलता मिल्नेछ ।


 कन्या राशिः शत्रु पक्ष सबल रहनेछन् । आर्थिक अस्थिरताका साथै कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छन् । मध्याह्नपछिको समय लाभादायी रहनेछ । 


तुला राशिः प्राज्ञिक कार्यमा संलग्नता रहनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । भौतक वस्तु लाभदायी रहनेछन् ।


वृश्चिक राशिः सांगीतिक क्षेत्रमा रुचि रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै व्यवसाय पनि सफलता मिल्ने देखिन्छ ।  


धनु राशिः  आयमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै सामाजिक कार्यमा मन प्रवृत्त रहनेछ ।  प्रेम जीवन  सुखद् रहने आजको राशिफल रहेको छ  ।


मकर राशिः कार्यक्षेत्र संघर्षदायी रहनसक्नेछ । स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चवृद्धिको सामना गर्नुपर्ने आजको राशिफल रहेको छ ।  


 कुम्भ राशिः दिन मध्यम फलदायी रहनेछ । खर्च वृद्धिका साथै शारीरिक आलश्यता रहनसक्नेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुने देखिन्छ । 


मीन राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । आय आर्जनमा वृद्धि हुनुका साथै मानसिक तुष्टि मिल्नेछ । आज पारिवारिक सुख प्राप्तिका योग पनि देखिन्छन् ।


मीन राशिः  गृह सुख मिल्नेछ । कार्य लाभका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । आर्थिक पक्ष सबल नै रहनेछ । 


उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment