मेष राशिः मेष राशिका लागि यो महिना अर्थदायी रहनेछ । प्राविधिक कार्यक्षेत्रमा उन्नतिका योग देखिन्छन् । प्रशासनिक क्षमतामा पनि वृद्धि हुनेछ । भौतिक वसतुबाट लाभ रहनसक्ने दखिन्छ ।
आर्थिक दृष्टिले महिना उन्नत रहनेछ । सेयर व्यवसायमा वृद्धिका योग देखिन्छन् । कृषि व्यवसायीका निम्ति पशु चौपायबाट लाभ रहनेछ । वाण्ज्यिको क्षेत्र पनि यो महिहना सुदृढ नै देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै लगानीको नयाँ अवसर प्राप्त हुनेछन् ।
विद्याको क्षेत्र उन्नत नै देखिन्छ । प्राविधिक पक्षको अध्ययन विशेष सबल रहनेछ । कला साहित्यको षेत्र मध्यम फलदायी रहनेछ । लेखनकलामा उन्नतिका योग देखिन्छन् ।
वैदेशिक क्षेत्र यो महिना प्रभावकारी रनेछ । कार्यक्षेत्रमा पनि सफलता प्राप्तिका योग देखिन्छन् । प्राकृतिक परिभ्रमणले महिनालाई रमणीय तुल्याउने देखिन्छ । राजनीतिको क्षेत्र यो महिना अर्थदायी रहनेछ । नेतृत्व क्षमतामा वृद्धि हुनेछ । पारिवारिक दृष्टिले यो महिना मध्यम फलदायी रहनेछ । परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । दाम्पत्य सुखका योग पनि देखिन्छन् । प्रेम प्रणका दृष्टिले महिनाको फलिभुत रहनेछ । प्रिय वस्तुका आदान प्रदनले प्रेम पारखमा वृद्धि हुने देखिन्छ ।
स्वास्थ्यका दृष्टिले मध्यम फलदायी रहनेछ । स्वास्थ्यको भावमा केतुको निवास रहेको छ । जसले पेटमा सामान्य विकार निम्त्याउनसक्ने देखिन्छ । आहार विहारमा सजग रहनाले स्वास्थ्य सबल बन्ने देखिन्छ ।
भौतिक पक्ष यो महिना सबल रहनेछ । शत्रुपक्ष निर्वल नै रहशनेछन् । परोपकारी भावको जागृत हुनेछ । धार्मिक कार्यमा पनि संलग्नता रहनसक्ने यो महिनाको राशिफल रहेको छ ।
वृष राशिः वृष राशिका लागि यो महिना फलदायी रहने देखिन्छ । मासारम्भ कुण्डलीको लग्नभावमा राहुको निवास रहेको छ । जसले कार्यक्षेत्रमा अधिक समय खट्नुपर्ने देखिन्छ । शत्रु पक्ष यो महिना सबल रहनसक्नेछन् । निर्णय प्रक्रियामा नहतारिनु नै उचित हुनेछ । भाग्यको भाव सबल देखिन्छ ।
आर्थिक दृष्टिले यो महिना मध्यम फलदायी रहनेछ । जलीय वस्तुको व्यवसाय लाभप्रद रहनेछ । सेयर व्यवसाय उन्नत रहने देखिन्छ । अधिक लगानी भने नगर्नु नै उचित हुनेछ । वणिज्य भावमा केतुको निवास देखिन्छ । व्यापार व्यवसय मध्यम गतिले चल्नेछन् । पशु चौपायको व्यवसायभ ने लाभदायी रहने देखिन्छ । लेनदेनका कार्यमा भने सजग रहनु नै उचित हुनेछ । राजनीतिको क्षेत्र यो महिना संघर्षदायी रहनसक्ने देखिन्छ । विद्याको भाव सबल देखिन्छ । वाणिज्य क्षेत्रको अध्ययन कर्तानका निम्ति यो महिना सुखद् रहनेछ । कलात्मक पक्ष मध्यम देखिन्छ ।
पारिवारिक दृष्टिले यो महिना मध्यम फलदायी रहनेछ । आफन्त एवं इष्टजनको साथ र सहयोग मिल्ने देखिन्छ । दाम्पत्य सुखका निम्ीत यो महिना दुर्गा भगवतीको उपासना शु रहनेछ ।
स्वाथ्यको भाव सबल नै रहनेछ । प्रेम प्रणयका दृष्टिले महिनाको उत्तराद्र्ध सुखद् रहनेछ । सम्बन्धमा प्रगाढता थपिदै जाने देखिन्छ । वैदेशिक क्षेत्रका दृष्टिले यो महिना सुखद् नै रहनेछ । आयमा वृद्धिका साथै नयाँ कार्यप्राप्तिका योग पनि देखिन्छन् । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग यो महिना सुखद् रहनसक्ने देखिन्छ ।
मिथुन राशिः मिथुन राशिका लागि महिना उन्नत रहनेछ । मासारम्भ कुण्डलीका लग्नका मालिक बुध मित्रगृहमा रहनेछन् । जसले कार्यक्षेत्रमा सफलताका साथै वाणिज्य पक्ष सबल तुल्याउने देखिन्छ । जलीय क्षेत्रबाट लाभका योग देखिन्छन् । प्राज्ञिक पक्ष पनि यो महिना उन्नत रहनेछ । नेतृत्व क्षमतामा पनि वृद्धिका योग देखिन्छन् ।
आर्थिक दृष्टिले यो महिना सुखद् देखिन्छ । आमदानीका स्रोत बढ्नेछन् । सेयरको व्यवसायमा पनि लाभका योग देखिन्छन् । कलामनोरञ्जनको पक्ष सुखद् रहनेछ । वस्त्रादिको व्यवसायमा पनि उन्नतिका योग देखिन्छन् ।
राजनीतिको क्षेत्र यो महिना सफल रहनेछ । बुद्धिपक्षको प्रयोग राजनीतिका निम्ति उन्नत रहनेछ । विद्याको क्षेत्र यो महिना लाभप्रद नै देखिन्छ । प्राविधिक क्षेत्रकमो अध्ययन कर्ताका निम्ति सुखद् रहनेछ । प्रतिस्पधाृत्मक क्षमतामा वृद्धि हुनेछ । कला सािहत्य एवं संगीतको क्षेत्र विशेष रुचिकर रहनेछ ।
पारिवारिक दृष्टिले यो महिना सुखद् रहनेछ । सन्तति लाभका योग देखिन्छन् । दाम्पत्य जीवन पनि सुखमय रहनेछ । आफन्त एवं इष्टमित्रको साथ सहयोग प्राप्त हुनेछ । स्वाथ्यको भाव सबल देखिन्छ । जलीय वस्तु लाभदायी रहनेछन् ।
प्रेम प्रणयका दृष्टिले महिना सफल रहनेछ । सम्बन्धमा नयाँ उचाइ थपिनेछ । नयाँ प्रेम सम्बन्ध स्थापित गर्नेका निम्त पनि महिना फलदायी रहने देखिन्छ ।
वैदेशिक क्षेत्रका दृष्टिले यो महिना कार्यदायी रहनसक्ने देखिन्छ । कार्यक्षेत्रमा अधिक समय व्यतीत गर्नुपर्ने छ । परिश्रमको उचित प्रतिफल भने पप्त हुने देखिन्छ ।
आध्यात्मिक दृष्टिले महिना सुखद् रहनेछ । नयाँ दर्शनको चिन्तमा मन प्रवृत्त रहनेछ । कला साहित्यको क्षेत्र पनि सुखद् नै देखिन्छ । बौद्धिक चिन्तानमा अधिक संलग्नता रहने यो महिनाको राशिफल रहेको छ ।
कर्कट राशिः कर्कट राशिका लागि यो महिना मिश्रित रहनेछ । मासारम्भ कुण्डलीको कर्मभावमा मंगलको निवास रहेको छ । यसैले कार्यक्षेत्र भने यो महिना संघर्षदायी रहनसक्ने देखिन्छ । प्राविधिक कार्यक्षेत्र हुनेका निमत भने सबल रहने देखिन्छ । विशेष यात्राका अवसर पनि प्रापत् हुनेछन् ।
आर्थिक दृष्टिले महिना मध्यम फलदायी रहनेछ । धातुजन्य वस्तुबाट लाभका योग देखिन्छन् । वाणिज्य क्षेत्रको सेयर व्यवसाय उन्नत रहनेछ । वैंकिङ क्षेत्रको लगानी प्रतिफलदायी रहनेछ । व्यापार व्यवसायमा महिनाको उत्तराद्र्धबाट लाभ रहनेछ । कृषि व्यवसाय फलिभूत नै रहनेछ । पशु चौपयबाट लाभका योग देखिन्छन् ।
मित्र पक्ष सबल रहनेछन् । पारिवारिक दृष्टिले पनि महिना सुखद् नै रहने देखिन्छ । सन्ततिबाट लाभका योग देखिन्छन् । धार्मिक आध्यात्मिक कार्यमा विशेष संलग्नता रहने देखिन्छ ।
राजनीतिक दृष्टिले पनि महिना प्रभावकारी रहनेछ । नेतृत्वक्षमतामा वृद्धि हुनेछ । राजनीतिमा पनि बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । विद्याको भाव मध्यम फलदायी रहनेछ । कलात्म पक्षको अध्ययन सफल रहनेछ । प्राविधिक क्षेत्रको अध्ययन कर्ताका निम्त भने अधिक परिश्रम गर्नुपर्ने देखिन्छ ।
स्वास्थ्यको भाव मध्यमफलदायी रहनेछ । आगो एवं अग्निकारक वस्तुबाट सजग रहनु नै उचित हुनेछ । खानपानमा पनि सजग रहनु लाभप्रद रहनेदेखिन्छ ।
धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै कला मनोरञ्जनमा पनि विशेष चाख रहनेछ । सांगीतिक क्षेत्र उन्नत रहनेछ । वैदेशिक क्षेत्रबाट लाभ रहनेछ । प्रेम पक्ष महिनको उत्तराद्र्धबाट सुदृढ बन्ने देखिन्छ । पारिवारिक दृष्टिले महिना सुखद् नै रहनेदेखिन्छ ।
सिंह राशिः सिंह राशिका लागि यो महिना उन्नत रहनेछ । कर्मभावमा राहुको निवासले कायृषेत्रलाई भने संघर्षदायी बनाएको देखिन्छ । परिश्रमको उचित प्रतिफल भने मिल्नेछ । नयाँ कार्यपप्तिका योग पनि देखिन्छन् । प्रशासनिक क्षमतामा वृद्धि हुनेछ । पदप्रतिष्ठामा अभिवृद्धिका योग पनि रहेका छन् ।
आर्थिक दृष्टिले महिना सबल रहनेछ । आमदानीका स्रोत बढ्नेछन् । वाणिज्यको क्षेत्र पनि यो महिना फलिभूत नै रहनेछ । सेयर व्यवसयबाट पनि लाभ नै देखिन्छ । धातुजन्य वस्तु यो महिना विशेष फलदायी रहनेछन् । कृषिकर्मीका निम्ति फलपूल एवं तरकारीको व्यवसाय सुखद् रहने देखिन्छ ।
विद्याको क्षेत्र सफल देखिन्छ । कलात्मक पक्षक सबल रहनेछ । शुक्रको निवासले महिनको पूर्वाद्र्धलाई फलिभूत तुल्याएका छन् । प्रतिस्पधाृत्मक क्ष्मतामा पनि वृद्धि हुनेछ ।
भाग्य बलवान् देखिन्छ । विशेष यात्राका अवसर प्राप्त हुनेछन् । मित्रपक्षबाट पनि लाभ नै रहनेछ । कला सहित्य एवं मनोरञ्जनमा पनि चाख बढ्नेछ । सांगीतिक क्षेत्र यो महिना उर्वर रहनेछ ।
राजनीतिकर्मीका निम्त महिना संघर्षदायी रहनेछ । निर्णयप्रत्रियामा बुद्धिपक्षको प्रयोग उन्नत रहनेछ ।
स्वास्थ्यको भाव सबल देखिन्छ । पारिवारिक सुअख मिल्नुका साथै सन्ततिबाट पनि लाभका योग रहेका छन् । दाम्पत्य जीवन पनि सुखमय नै रहने देखिन्छ ।
प्रेमको पक्ष सुखद् रहने देखिन्छ । सम्बन्धमा नयाँ आयाम थपिनेछन् । सुखद् परिभ्रमणले प्रेम पक्ष उन्नत रहने देखिन्छ ।
शत्रु निर्वल रहने छन् । धार्मिक कार्यमा रुचि जाग्नुका साथै आध्यात्मिक चिन्तनमा पनि मन प्रवृत्त रहने यो महिनको राशिफल रहेको छ ।
कन्या राशिः कन्या राशिका लागि यो महिना सुखद् रहनेछ । नयाँ कार्य व्यवसायमा मन प्रवृत्त रहनेछ । नेतृत्व क्षमतामा वृद्धिका हुनेछ । प्रशासनिक क्षेत्र पनि सुखद् नै रहनेछ । जलीय वस्तु लाभप्रद रहनेछन् ।
आर्थिक दृष्टिले महिना सुखद् देखिन्छ । आयमदानीका स्रोत बढ्नेछन् । व्यापार व्यवसायमा वृद्धिका साथै लगानीको नयाँ मार्ग प्राप्त हुनेछन् । सेयर लगानीकर्ताका निम्ति बीमा एवं बैकिंक क्षेत्र उन्नत रहनेछ ।
विद्याको भाव सबल देखिन्छ । नयाँ खोज अनुसन्धानका कार्यमा विशेष संलग्नता रहनेछ । कला सृजनामा पनि मन प्रवृत्त रहनेछ । लेखन क्षेत्र यो महिना रुचिकर रहनेछ । विज्ञान एवं वाण्ज्यि संकायको अध्ययन थप प्रभावकारी रहने देखिन्छ ।
पारिवारिक पक्ष सुद्ढ रहनेछ । सुखद् परिभ्रमणका योग पनि देखिन्छन् । आफन्त एवं इष्टमित्रको साथ सहयोग मिल्ने देखिन्छ । सन्ततिबाट पनि लाभका योग देखिन्छन् ।
प्रेम जीवन पारखिलो रहनेछ । प्रिय वस्तुका अदान प्रदानले प्रेम पक्ष थप प्रगाढ रहनेछ । सुखद् प्राकृतिक परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् ।
धार्मिक कार्यमा रुचि जाग्नुका साथै अध्यात्मचिन्तनमा मन अग्रसर रहनेछ । मनमा परोपकारी भावना छाउनेछ । स्वास्थ्यको क्षेत्र भने मध्यम फलदायी रहनेछ । मंगलको निवासले स्वास्थ्यमा सामान्य समस्या आइपर्नसक्ने देखिन्छ । आस्त्र शस्त्रबाट सजग रहनु होला ।
राजनीतिक दृष्टिले महिना सबल नै देखिन्छ । नेतृत्व्क्षमतामा वृद्धि हुनेछ । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयाग यो महिना लाभदायी रनेछ ।
वैदेशि क्षेत्र पनि सुखद् नै देखिन्छ । कार्य लाभका साथै मित्रपक्षबाट पनि साथ सहयोग प्राप्त हुने यो महिनको राशिफल रहेको छ ।
तुला राशिः तुला राशिका लागि यो फलदायी रहनेछ । नेतृत्व क्षमतामा वृद्धि हुनेछ । पराक्रम भाव सबल देखिन्छ । मित्र लाभका साथै सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । कलात्मक कार्यक्षेत्र उन्नत रहनेछ । भौतिक वसतुबाट लाभ रहनुका साथै जगा जमीबाट पनि लाभका योग देखिन्छन् । आर्थिक दृष्टिले यो महिना मध्यमफलदायी रहनेछ । खर्चमा भने वृद्धिका योग देखिन्छन् । मासारम्भ कुण्डलीको धनभावमा केतुको निवास रहेको छ । जसले सञ्चित धन खर्चहुनसक्ने देखिन्छ । वाणिज्यएवं सेयर लगानीमा विशेष सजग रहनु उचित हुनेछ । इलेक्ट्रिक वस्तुको व्यवसाय लाभप्रद रहनेछ । यसैगरी अग्निकारक वस्तुका साथै विद्यसतीय सामग्रकिो व्यवसाय फलदायी रहने देखिन्छ ।
राजनीतिको क्षेत्र यो महिना सुखद् रहनेछ । पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् । सामाजिक कार्यमा पनि संलग्नता बढ्ने देखिन्छ ।
विद्याको क्षेत्र यो महिना मध्यम फलदायी रहनेछ । कला साहित्यको अध्ययन गर्नेका निम्त सुखद् रहनेछ । प्राविधिक विषयको अध्ययन गर्नेका निम्त महिना कार्यदायी रहनसक्नेछ । सांगीतिक पक्ष सबल नै देखिन्छ ।
पारिवारिक दृष्टिले यो महिना मध्यमफलदायी रहनेछ । सप्तमभावमा मंगलको निवासले व्यवस्थापकीय पक्ष कमजोर रहनसक्ने देखिन्छ । यसैगरी पारिवारिक खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।
स्वाथ्यको भावभा राहुको निवास देखिन्छ । जसले खानपिनमा सजग रहनुपर्ने जाउँछ । यसैगरी शीतकारक वस्तुबाट पनि सजग रहनुहोला ।
प्रेम प्रणयका दृष्टिले महिनाको सुखद् रहनेछ । सुखद् परिभ्रमणका अवसर प्राप्त हुनेछन् । बेलीमा संयम अपनाउनु उचित हुनेछ । एक अर्काको भावलाई बुझ्नसके प्रेम पक्ष शुभफलदायी रहने देखिन्छ ।
वैदेशिक क्षेत्र सुखद् देखिन्छ । कार्यप्राप्तिका साथै आय आर्जनमा वृद्धि हुनेछ । धार्मिक आधात्मिक कार्यमा पनि रुचि बढ्ने देखिन्छ । परोपकारी कार्यमा पनि संलग्नता रहने यो महिनाको राशिफल रहेको छ ।
वृश्चिक राशिः वृश्चिक राशिका लागि यो महिना कार्यदायी रहनसक्ने देखिन्छ । मासारम्भ कुण्डलीको लग्नभावमा केतुको निवास रहेको छ । जसले कार्यक्षेत्रमा अधिक संघर्ष दिलाउनसक्ने देखिन्छ । कायृषेत्रमा संघर्ष गर्नुपरे पनि उचित प्रतिफल भने प्राप्त हुनेछ । प्रशासनिक निर्णयमा बुद्धिपक्षको प्रयोग शुभ फलदायी रहनेछ । नयाँ कार्यपप्त्किा निम्त दुर्गाा भगवतीको उपासना शुभ रहनेछ ।
आर्थिक दृष्टिले यो महिना सुखद् रहनेछ । महिनाको पूर्वाद्र्धसम्म धनभावमा शुक्रको निवास रहेको छ । यसैले आर्थिक लगानीका निम्त १४ गतेसम्मको समय सुखद् रहनेछ । महिनको उत्तराद्र्ध भने केही खर्चिलो बन्नसक्ने देखिन्छ । सेयर लगानीका निम्त पनि महिनाको पूर्वाद् सुखद् देखिन्छ । व्यापार व्यवसायमा पनि उन्नति योग देखिन्छन् । वस्त्रादि मुलायम वस्तुको व्यवसाय न्नत रहने देखिन्छ । जलीय वस्तुको व्यापार पनि फलिभूत नै रहने देखिन्छ ।
राजनीतिको क्षेत्र यो महिना कार्यदायी रहनसक्नेछ । आलोचक बढ्नसक्ने देखिन्छ । निर्णयप्रत्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहने ेदखिन्छ ।
विद्याको भाव मध्यम फलदायी रहनेछ । विशेषतः प्राविधिक विषयको अध्ययन कर्तानका निम्ति यो महिना सुखद् रहनेछ । खोज अनुसन्धानका कार्यमा पनि सफलता प्राप्त हुने देखिन्छ ।
पारिवारिक दृष्टिले यो महिना मध्यम फलदायी रहनेछ । सन्ततिबाट लाभका योग देखिन्छन् । आफन्त एवं इष्टजनको साथ र सहयोग मिल्ने देखिन्छ । पारिवारिक खर्चमा भने वृद्धि हुनसक्ने देखिन्छ । आफन्तजनमा समदुरीको व्यवहार नै लाभप्रद रहनेछ ।
स्वाथ्यको भाव सबल रहनेछ । शत्रु पक्ष दुर्वल देखिन्छन् । प्रेम प्रणयका दृष्टिले महिना मध्यम फलदायी रहनेछ । बोलीमा विाकर रहनसक्नेछ । मनलाई आध्यात्मिक चिन्तनमा जागृत गराउनाले प्रेममा सफलता मिल्नसक्ने देखिन्छ ।
वैदेशिक क्षेत्रबाट लाभका योग देखिन्छन् । सुखद् परिभ्रमणले महिनालाई मनोरम तुल्याउने छ । लेनदेनका कार्यमा भने सजग रहनु नै उचित हुनेछ । कला मनोरञ्जनको पक्ष यो मनिा सुखद् नै रहनेछ । सर्वकल्याणका निम्ति दुर्गा भगवतीको उपासना यो महिना शुभ फलदायी रहनेछ ।
धनु राशिः धनु राशिका लागि यो महिनाको पूर्वाद्र्ध सुखद् रहनेछ । मासारम्भ कुण्डलीको लग्नमा शुक्रको निवास रहेको छ । जसले प्रशासनिक एवं बौद्धिक क्षमतामा अभिवृद्धि गर्ने देखिन्छ । कार्यक्षत्रलाई ऊर्जावान् तुल्याएका छन् । मन नयाँ कार्यमा प्रवृत्त रहनेछ । कला साहित्यको पक्ष सबल रहनेछ । पद प्रतिष्ठामा पनि वृद्धिका योग देखिन्छन् । जलीय वस्तुबाट विशेष लाभ हुनेछ ।
आर्थिक दृष्टिले महिनाको उत्तराद्र्ध सुखद् रहनेछ । जलीय वस्तुबाट लाभका योग देखिन्छन् । व्यापार व्यवसायमा उन्नतिका साथै लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । सेयर व्यवसयमा पनि बीमा क्षेत्रबाट लाभ रहने देखिन्छ ।
पारिवारिक दृष्टिले पनि महिना सुखद् रहनेछ । दामपत्य सुखका योग देखिन्छन् । सन्ततिको पक्ष सुखद् रहनेछ । प्रेम भाव यो महिना पारखिलो रहनेछ । नयाँ प्रेम सम्बन्ध स्थापित गर्नेका निम्ति पनि सुखद् रहनेछ । प्रिय वस्तुको दानादानले प्रेममा प्रगाढता बढ्ने देखिन्छ । कलात्मक पक्ष पनि यो महिना सुखद् रहने देखिन्छ । सांगीतिक क्षेत्रबाट लाभका योग देखिन्छन् ।
विद्याको भाव फलदायी रहनेछ । प्राविधिक विषयको अध्ययन अध्यापनमा विशेष रुचि बढ्नेछ । इञ्जिनियरिङ अध्ययन गर्नेका निम्ति महिना सुखद् रहनेछ । खोज अनुसन्धान कार्यमा संलग्न व्यक्तिका निम्ति पनि महिना सुखद् नै रहनेछ ।
राजनीतिक दृष्टिले पनि महिना सुखद् रहनेछ । बोलीको प्रभावकारीतामा वृद्धि हुनेछ । नेतृत्व क्षमतामा वृद्धिका योग देखिन्छन् । परोपकारी कार्यमा पनि संलग्नता बढ्नेछ ।
स्वास्थ्यको भाव यो महिना सुखद् रहनेछ । चिसोबाट भने सजग रहनु उचित हुनेछ । शुत्रपक्ष निर्बल रहनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् परिभ्रमणका अवसर प्राप्त हुनेछन् । कर्मक्षेत्र बलवान् रहने भएकाले कार्यक्षेत्रबाट लाभ रहने यो महिनाको राशिफल रहेको छ ।
मकर राशिः मकर राशिका लागि यो महिना लाभदायी रहनेछ । मासारम्भकुण्डलीमो पाँचवटा ग्रहको युति देखिन्छ । जसले नेतृत्व क्षमतामा वृद्धि गराउने देखिन्छ । पद प्रतिष्ठामा पनि अभिवृद्धिका योग रहेका छन् । बृहस्पतिको नीचत्व वृत्तिले आर्थिक एवं प्ज्ञिक पक्ष कमोजर रहनसक्ने देखिन्छ । प्रशासनिक क्ष्मतामा वृद्धिका योग रहेको छन् । वाक् पक्षमा सजग रहनु उचित हुने देखिन्छ
आर्थिक दृष्टिले यो महिना मध्यमफलदायी रहनेछ । मासारम्भकुण्डलीको आय भावमा केतुको निवास रहेको छ । जसले प्राप्त हुने धन केही बिलम्बपश्चात् मिल्ने देखिन्छ । धन भावका मालिक सबल रहेकाले मिहिनेतपूर्वक आर्जन गरेको धन उन्नत रहने देखिन्छ । वाणिज्य एवं सेयर लगानी प्रतिफलदायी बन्नेछ । भौतिक वस्तुको व्यापार व्यवसायमा वृद्धिका योग देखिन्छन् । धातुजन्यवस्तुबाट पनि लाभ रहनेछ ।
राजनीतिको क्षेत्र यो महिना फलदायी रहनेछ । पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् । सामाजिक कार्यमा पनि संलग्नता बढ्ने देखिन्छ । बुद्धिपक्षको प्रयोगले राजनीतिमा सफलता मिल्ने देखिन्छ ।
विद्याको क्षेत्र यो महिना मध्यम फलदायी रहनेछ । मासारम्भ कुण्डलीको विद्या भावमा राहुको निवास रहेको छ । जसले अध्ययन अध्यापनि अधिक परिश्रम गर्नुपर्ने देखिन्छ । महिनाको उत्तराद्र्धसँगै कला मनोरञ्जानको पक्ष सबल रहनेछ । सांगीतिक क्षेत्रबाट लाभका योग देखिन्छन् । खेल कार्यक्षेत्र हुनेका निमत महिना सुखद् रहनेदेखिन्छ ।
पारिवारिक पक्ष सुखद् नै दखिन्छ । सन्ततिबाट पनि लाभ हुनेछ ।
स्वाथ्यको भाव अपेक्षित रूपमा लाभप्रद रहनेछ । शीतजन्यवस्तुको प्रयोगमा सजग रहनु उचित हुनेछ । शीतोष्ण वस्तुको प्रयोग स्वास्थ्यका दृष्टिले लाभप्रद रहने देखिन्छ ।
प्रेम प्रणयका दृष्टिले महिनाको मध्यमफलदायी रहनेछ । बोलीमा संयम अपनाउनु उचित हुनेछ । प्रेमका मामलामा केही संघर्षका योग देखिन्छन् । महिनाको उत्तराद्र्ध प्रेमका दृष्टिले सुखद् रहनेछ ।
वैदेशिक पक्ष लाभदायी नै रहनेछ । मित्रपक्षबाट सजग रहनु नै उचित हुनेछ । सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । नयाँ अवसर प्राप्तिका योग देखिन्छन् । आध्यात्मिक दृष्टिले पनि महिना सुखद् नै रहनेछ । परोपकारी कार्यमा संलग्ना बढ्ने महिनको राशिफल रहेको छ ।
कुम्भ राशिः कुम्भ राशिका लागि यो महिना उन्नतिकारक रहनेछ । प्राविधिक कार्यक्षेत्रमा उन्नतिका योग देखिन्छन् । धातुजन्य वस्तुबाट लाभका योग देखिन्छन् । प्रशासनिक क्षमतामा पनि वृद्धि हुनेछ । खेलको क्षेत्र सुखद् रहनेछ ।
आर्थिक पक्ष उन्नत नै रहनेछ । व्यवापार व्यवसायमा क्रमशः वृद्धिका योग देखिन्छन् । सेयको क्षेत्र प्रतिफलदायी रहनेछ । कृषि व्यवसायीका निम्ति पशु चौपायका साथै अन्नबालीबाट लाभ रहनेछ । वाणिज्यको क्षेत्र पनि यो महिना सुदृढ नै रहनेछ । धातुजन्य वस्तुबाट लाभ रहनेछ ।
विद्याको क्षेत्र उन्नत रहनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेदेखिन्छ । वाणिज्य क्षेत्रको अध्ययन कर्ताका निम्त महिना सुखद् रहनेछ । कला साहित्यको क्षेत्र पनि रुचिकर नै रहने देखिन्छ । सांगीतिक कार्य क्षेत्र हुनेका निम्त लाभका योग देखिन्छन् ।
वैदेशिक क्षेत्र यो महिना प्रभावकारी रहनेछ । सुखद् परिभ्रमणका अवसर प्राप्त हुनेछन् । राजनीतिकर्मीका निम्त महिना सुखद् रहनेछ । बोलीमा ओज बढ्नेछ । सामाजिक कार्यम संलग्नताले पद प्रतिष्ठामा वृद्धि गराउने देखिन्छ । नेतृत्व पक्ष सुदृढ नै रहनेछ ।
पारिवारिक दृष्टिले यो महिना सुखद् नै रहने देखिन्छ । सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । सन्ततिपक्ष पनि सबल देखिन्छ । आफन्त एवं इष्टमित्रबाट पनि साथ सहयोग मिल्ने नै देखिन्छ । दाम्पत्य सुखका योग पनि रहेको छन् ।
प्रेम प्रणको भाव यो महिना मध्यम फलदायी रहनेछ । वाक् पक्षमा सजग रहनु नै लाभदायी हुनेछ । प्रेममा दृष्टिले महिनाको पूवाृद्धृ सुखद् रहनेछ ।
स्वास्थ्यको भाव सबल देखिन्छ । शत्रु पराजित हुनेछन् । धार्मिक आध्यात्मिक चिन्तनमा पनि संलग्नता बढ्ने देखिन्छ । मित्र पक्षबाट साथ र सहयोग मिल्ने यो महिनाको राशिफल रहेको छ ।
मीन राशिः मीन राशिका लागि यो महिना अर्थदायी रहनेछ । भौतिक वस्तुबाट लाभका योग देखिन्छन् । आमदानीको पक्ष सबल रहनेछ । नेतृत्व क्षमतामा वृद्धि हुने देखिन्छ । प्रशासनिक कार्यक्षेत्र हुनेका निम्त महिना सुखद् देखिन्छ । उचित निर्णयको प्रशांसा प्राप्त हुने देखिन्छ । खेलेका क्षेत्र पनि सुखद् नै देखिन्छ ।
आर्थिक दृष्टिले यो महिना मध्यमफलदायी रहनेछ । मासारम्भ कुण्डलीको धनभावमा मंगलको निवास रहेको छ । स्वगृही मंगल रहेकाले जग्गा जमीनको व्यवसाय सुखद् रहनेछ । भूधनबाट लाभका योग देखिन्छन् । व्यापार व्यवसायमा वृद्धिका योग देखिनछन् । सेयर लगानीको निमत बैंकिंग क्षेत्र सुखद् रहनेछ । कृषिकर्मीका निम्ति पशु चौपायबाट लाभ रहने देखिन्छ ।
राजनीतिको क्षेत्र यो महिना मध्यम फलदायी रहने देखिन्छ । लग्नका मालिक नीच रहेकाले विशष निर्णका कार्यमा अग्रसर नरहनु नै उचित हुनेछ । । बोलीमा बुद्धिपक्षको प्रयोग यो महिना सुखद् रहनेछ ।
विद्याको क्षेत्र यो महिना फलदायी रहनेछ । कलात्मक पक्षको अध्ययन अध्यापन सुखद् रहनेछ । प्राविधिक पक्षको अध्ययनार्थीका निमित महिना संघर्षदायी रहनसक्ने देखिन्छ । सांगीतिक पक्ष फलदायी नै देखिन्छ ।
पारिवारिक दृष्टिले यो महिना सुखद् रहनेछ । आफन्त जनबाट साथ सहयोग मिल्ने देखिन्छ । सन्ततिबाट सुख मिल्ने देखिन्छ ।
प्रेम प्रणयका दृष्टिले महिना सुखद् रहनेछ । सुखद् परिभ्रमाण्ले प्रेम सम्बन्धमा वृद्धि हुनेछ । नयाँ प्रेम सम्बन्ध गाँस्नेका निम्त पनि महिना सुखद् रहने देखिन्छ ।
वैदेशिक पक्ष लाभप्रद रहनेछ । कार्य अवरसर बढ्नेछ । सुखद् यात्राका योग पनि प्राप्त हुने देखिन्छ । स्वाथ्यको भाव सुखद् नै रहनेछ । शत्रु निर्वल रहनेछन् । आध्यात्मिक क्षेत्र यो महिना उन्नत नै रहनेछ । सर्वकल्याणका निम्ति गणेशजीके उपासना यो महिना शुभफलदायी रहनेछ ।
उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment