आज माघेसंक्रान्ति, उत्तरायण आरम्भ हेर्नुहोस् आजको दिन २०७७ माघ १ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 13, 2021

आज माघेसंक्रान्ति, उत्तरायण आरम्भ हेर्नुहोस् आजको दिन २०७७ माघ १ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको १ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको १४ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको प्रतिपदा तिथि बिहान ९।२७  बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । श्रवण बिहानका राति ६।१४ बजेसम्म  रहनेछन् । यसैगरी आज वज्र योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२८ बजे हुनेछ । चन्द्रमा आज  मकर  राशिमा रहेका   छन् । 

 

आज माघे संक्रान्ति हो । आजबाट सूर्य उत्तरायणमा प्रवेश गरेका छन् । मकर संक्रान्तिबाट सूर्य उत्तरायणमा लाग्दछन् । सूर्य उत्तरायणमा लागेको पहिलो दिन भएर पनि यसको विशेष महिमा रहेको हो । उत्तरायणलाई हरेक कार्यका निम्ति शुभ मानिन्छ । उत्तरायणमा मृत्यु भयो भने पनि उत्तम लोक प्राप्त हुन्छ भन्ने धर्मशास्त्रीय मान्यता रहेको छ । किनकि हाम्रो उत्तरायणमा देवताको दिन र दक्षिणायनमा रात हुनेगर्दछ । खगोललाई (आकाशलाई) उत्तरी र दक्षिणी दुई भागमा विभक्त गरिएको छ । खगोलको उत्तरी भागमा देवताको निवास बताइएको छ भने दक्षिणी गोलमा दैत्यको निवास रहने गर्दछ । देवताको दिनका समयमा भए गरेका कार्य अधिक पुण्य फलदायी रहने गर्दछन् । 


हाम्रो उत्तरायण हुँदा देवताको दिन हुन्छ । यसैगरी   दक्षिणयन हुँदा देवताको राता हुन्छ । देवताको दिनमा गरिएका पूजा पाठ आदि देवप्रार्थर्नाले देवता प्रसन्न भई वरदान दिन्छन् भन्ने धर्मशास्त्रीय मान्यता रहेको छ । यसैगरी देवतारको राता हुने समय अर्थात् हाम्रो दक्षिणायनमा देवबल कमजोर रहने गर्दछ । किनकि दक्षिणयनको समय दैत्यको दिन हो ।  त्यसैले  दक्षिणयनको तुलनामा उत्तरायणलाई उत्तम मानिन्छ । हम्रा लगन जुराएर गर्नुपर्ने देवकार्य अधिकांश उत्तरायणकै समयमा हुने गर्दछन् । यसरी देवताको दिन रात सम्बन्धी व्यवस्थाको गोलीय उपपत्ति ज्योतियाशास्त्रका सिद्धान्तग्रन्थ पाउन सकिन्छ ।


संक्रान्तिको समयमा दान पुण्यका कार्य शुभ रहन्छन् । यसका ासथै आज सत्यनारायण भगवान्को उपासना पनि शुभ रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment