आज शुक्रवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ माघ २ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 14, 2021

आज शुक्रवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ माघ २ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको २ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको १५ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको द्वितीया तिथि बिहान ८।५४  बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । धनिष्ठा नक्षत्र बिहानका राति ६।५८ बजेसम्म  रहनेछन् । यसैगरी आज सिद्धि योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२९ बजे हुनेछ । चन्द्रमा आज  मकर  राशिमा रहेका   छन् ।  


आज शुक्रवार इन्द्रायणी भगवतीको उपासना शुभ रहनेछ । यसैगरी आजबाट पञचको पनि आरम्भ भएको छ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment