श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको २३ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको ७ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत पौष कृष्णपक्षको नवमी तिथि राति १०।२९ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । चित्रा नक्षत्र दिवा २।५४ बजेसम्म रहनेछन् । यसैगरी आज सुकर्म योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२३ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा रहेका छन् ।
आज बिहीवार दुर्गा भगवतीको उपासनाका साथै पहेला वसतुको प्रयोग शुभ रहनेछ । यसैगरी आज ज्ञान विज्ञानका कार्यमा पनि संलग्नता शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment