आज मंगलवार, गणेशजीको उपासना गर्ने उत्तम दिन हेर्नुहोस् २०७७ पौष २१ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 4, 2021

आज मंगलवार, गणेशजीको उपासना गर्ने उत्तम दिन हेर्नुहोस् २०७७ पौष २१ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको २१ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत  जनवरी महिनाको ५ तारिख,  मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत पौष कृष्णपक्षको सप्तमी तिथि  राति २।५९  बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराफाल्गुनी नक्षत्र बेलुका ५।५५ बजेसम्म  रहनेछन् । यसैगरी आज शोभन योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।२१ बजे हुनेछ । चन्द्रमा आज  कन्या राशिमा रहेका  छन् ।  


आज मंगलवार गणेशजीको उपासना गर्ने उत्तम दिन हो । यसैगरी आज हनुमानजीको उपासना पनि शुभ रहनेछ । आज गणेशजीलाई दुवो एवं लड्डु र हनुमानजीलाई सिन्दूर  अर्पण शुभ फलदायी रहनेछ । 


No comments:

Post a Comment