श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको २२ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको ६ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत पौष कृष्णपक्षको अष्टमी तिथि राति १२।४८ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । हस्ता नक्षत्र राति ११।५० बजेसम्म रहनेछन् । यसैगरी आज अतिगण्ड योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।२२ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा रहेका छन् ।
आज अष्टमीव्रतका साथै गोरखकाली पूजा पनि परेको छ । यसैले आज महालक्ष्मी भगवतीको उपासना शुभ रहनेछ । यसका साथै र्दुा भगवतीको उपासना पनि आज हुने गर्दछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment