आजबाट श्रीस्वस्थानीव्रत आरम्भ, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ माघ १५ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 27, 2021

आजबाट श्रीस्वस्थानीव्रत आरम्भ, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ माघ १५ गते





श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको १५ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको २८ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको पूर्णिमा तिथि राति १२।५१      बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । तिष्य नक्षत्र राति ४।२० बजेसम्म रहनेछन् । यसैगरी आज प्रीति योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६।५४ मा छ भने सूर्यास्त बेलुका ५।४० बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहेका  छन् ।  

आजबाट श्रीस्वस्थानीव्रतको आरम्भ भएको छ । पौषशुक्लपक्षको पूर्णिमदेखि माघ शुक्लपक्षको पूर्णिमासम्म श्रीस्वस्थानीव्रत धारण गरिन्छ । आद्यशक्ति भगवतीको उपासना गरी इच्छित मनोकामना पूरा हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । 

श्रीस्कन्दपुराणको केदारखण्डअन्तर्गत माघ माहात्म्य वर्णन गर्ने क्रममा श्रीस्वस्थानीव्रतकथाको महिमा गान गरिएको छ । नेपाली जनमनमा श्रीस्वस्थानीव्रत कथाको विशेष प्रभाव रहेको पाइन्छ । परा पूर्व कालदेखि नै माघ स्नान गरी श्रीस्वस्थानी देवीको व्रत उपासना एवं कथा श्रवण गर्ने चलन रहि आएको छ । मूल रूपमा आद्य शक्ति भगवतीको उपासा नै श्रीस्वस्थानी व्रतकथाको मुख्य उद्देश्य हो । 

पौष शुक्ल पूर्णिमाका दिन नदी, तलाउ वा कुवा वा शालीनदीमा गई स्नान गर्नुपर्दछ । घरमा आई दीप, कलश, गणेश पूजन पूर्वक श्रीस्वस्थानी भगवतीको प्रतिमा स्थापना गरी विधिपूर्वक पूजा सामग्री सम्पादन गर्नुपर्दछ । सो पश्चात् समूत मनोकमना पूरा हउन् भन्दै कुश, तील जल सहित प्रतिज्ञा संकल्प गर्नुपर्दछ । सोपश्चात् दीप, कलश गोशजी लगायत श्रीस्वस्थानी भगवतीको पाद्य, अर्घ, आचमनी जल, स्नानीय जल, शुद्धजल, पञ्चामृत, मधुपर्क, चन्दन, अक्षता, पुष्प, माला, धूप, दीप, फल, नैवेद्य,  आदि षोडशोपचारले पूजा गर्नुपर्दछ । यसरी श्रीस्वस्थानी भगवतीको पूजा गर्दा श्रीस्वस्थानी भगवत्यै नमः भन्नु पर्दछ । यसका साथै ॐ नमः शिवाय भन्ने मन्त्रको जप पनि गर्न सकिन्छ । 

यसपछि श्रीस्वस्थानीव्रतकथा पुस्तको पूजा गरी फल नैवेद्यादि अर्पण गरेर पुस्तकमा बताए अनुसार विभिन्न देवीदेवताको प्रार्थना गर्नुपर्दछ । सो पश्चात् एकभक्त भई, चित्त स्थिर गराई हातमा फूलपाती लिई कथा श्रवण गर्नुपर्दछ । कथा समापनपश्चात् भगवान्का स्तुति प्रार्थना गरी पुस्तकलाई  ढोगी प्रसाद ग्रहण गर्नुपर्दछ । 

यो क्रम महिनादिनसम्म नित्य गर्नुपर्दछ । माघ शुक्लपूर्णिमाका दिन विधि विधानपूर्वक थालीमा  श्रीस्वस्थानी भगवतीको  प्रतिमा स्थापना गरी अक्षता, वेलीपुष्प, जनै, पान सुपारी, तील, जौ, रोटी, बत्ती आदि वस्तु एकसय आठका दरले चढाउनुपर्दछ । सो पश्चात् पूर्णपात्रो, आरती पुष्पाञ्जली गरी व्रतको समापन गर्नुपर्दछ । यसरी गरिएको व्रत धारण पूर्णफलदायी रहने गर्दछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment