आजको राशिफल २०७७ माघ १५ गते, बिहीवार - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 27, 2021

आजको राशिफल २०७७ माघ १५ गते, बिहीवार

 


मेष राशिः  आजको दिन कार्यदायी रहनसक्नेछ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्च वृद्धिका साथै शत्रु पक्षबाट पनि भय रनसक्ने देखिन्छ । स्वास्थयमा सजग रहनु नै आज लाभप्रद रहनेछ । 


वृष राशिः  वित्तीय लाभ हुनेछ । अध्ययन रुचि रहनुका साथै प्रतिस्पर्धात्मक क्षमतामा पनि वृद्धि हुने देखिन्छ । मित्र पक्ष आज बलवान् रहनेछन् । 


 मिथुन राशिः मित्र सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै कार्य व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । पारिवारिक सुखका साथै यात्राका योग पनि देखिन्छन् । 

कर्कट राशिः मिष्ठान्नन लाभ हुनेछ । मित्र सुखका साथै कार्य व्यवसायमा पनि उन्नति हुने देखिन्छ । भौतिक वस्तु आज लाभदायी रहनेछन् । आर्थिक क्षेत्र पनि आज सबल नै रहने देखिन्छ ।


सिंह राशिः शत्रु पक्ष आज सबल रहनेछन् । कार्य क्षेत्रमा संघर्षका साथै शारीरिक आलश्यताले पनि सताउनसक्ने देखिन्छ । पे्रम जीवन पारखिलो रहनेछ ।  


कन्या राशिः  आर्थिक लाभ हुनेछ । शारीरिक स्फुर्ति बढ्नुका साथै नयाँ कार्य व्यवसायमा मन अभिप्रेरित रहने देखिन्छ । पारिवारिक सुखका योग पनि रहेका छन् ।  


तुला राशिः व्यवसायमा वृद्धि हुनेछ । कार्य लाभका साथै आर्थिक उन्नतिका योग पनि देखिन्छन् । नयाँ कार्य व्यवसायमा मन अभिपे्ररित रहने आजको राशिफल रहेको छ ।


 वृश्चिक राशिः धार्मिक कार्यमा रुचि रहनेछ । व्यवसायिक उन्नतिका साथै जलीय वस्तुबाट लाभ हुने देखिन्छ । प्रेममा पारख बढ्ने आजको राशिफल रहेको छ । 


धनु राशिः दिन कार्यदायी रहनसक्नेछ । खर्च वृद्धिका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुने आजको राशिफल रहेको छ । 


मकर राशिः प्रियलाभ हुनेछ । कान्ति वृद्धिका साथै कला मनोरञ्जनमा संलग्नता रहने देखिन्छ । आर्थिक पक्ष पनि आज सबल नै रहनेछ । 


  कुम्भ राशिः  गृह सुख मिल्नेछ । कार्य उन्नतिका साथै यात्राका योग पनिदेखिन्छन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ । 


 मीन राशिः आयमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा उन्नतिका सथै आध्यात्मिक चिन्तनमा संलग्नता रहने देखिन्छ । मित्र सहयोगले दिन सुखद् रहेछ । 




No comments:

Post a Comment