यश कीर्ति कसरी वृद्धि हुन्छ ? हेर्नुहोस् नीति ज्ञान - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 7, 2021

यश कीर्ति कसरी वृद्धि हुन्छ ? हेर्नुहोस् नीति ज्ञान



पञ्चैव पूजयन्लोके यशः प्राप्नोति केवलं ।

 देवान् पितृन्मनुष्यांश्च भिक्षून् अतिथि पंचमान् ।। – विदूर नीति 

 

देवता, पितृ, मनुष्य, भिक्षुक तथा अतिथि काे  नित्य पूजा गर्नाले यश र कीर्ति प्राप्त हुन्छ । 


कीर्तिश्च नारायणे... भन्ने आशीर्वचन हामी दशैँमा टीका लगाउँदा प्रायः प्रयोग गरिरहेका हुन्छौ ।  जहाँ भगवान् नरायणको जस्तो कीर्ति सर्वत्र फैलियोस् भनिन्छ । कीर्ति भनेको ख्याति हो । सबैले मान्ने गन्ने हुनु, सबैको आदरणीय र अनुकरणीय हुनु भनेको यश र कीर्तिले सम्पन्न हुनु हो । यस्तो कसरी बन्न सकिन्छ । के कस्ता कार्य गर्नाले कीर्तिवृद्धि हुन्छ भन्ने विषयमा महात्मा विदुरले पाँच कुरा बताएका छन् : 

  पहिलो  देवताप्रतिको पूज्य भाव हुनु हो । जसले देवकार्य नित्य गर्दछन् र देवताप्रति आस्था र विश्वासका साथै पूजा आजा गर्दछन् यस्ता व्यक्तिले कीर्तिको पताका फैलाउन सक्छन् भनिएको छ । पूजा भनेको सम्मानपूर्व आदभावको प्रकट हो । पूजा कायिक, वाचिक र मानसिक पनि हुने गर्दछ । चन्दन अक्षता, पुष्प सहित पूजा गर्ने भनेको कायिक पूजा हो । विभिन्न मन्त्रका साथ पुकारा गरी पूजा गर्ने कार्य वाचिक हो । यसैगरी मनमनै देवताप्रति श्रद्धाभाव व्यक्त गर्ने कार्य मानसिक पूजा हो । यसरी तीन प्रकारले गरिएको पूजा नै फलभोगयोग्य हुन्छ ।  आफ्नो यश कीर्ति वृद्धिका निम्ति सर्वप्रथमतः देवताप्रति श्रद्धाभाव चाहिन्छ भनिएको छ । 


यसैगरी आफ्नो कीर्तिको ध्वजा सर्वत्र फैलाउन चाहने व्यक्तिले पितृप्रति पनि श्रद्धाभाव व्यक्त गर्न सक्नुपर्दछ । जसले पितृको आदर गर्दछन् ती व्यक्तिलाई पितृआशीर्वाद प्राप्त हुन्छ । अतः पितृप्रति पनि पूज्यभाव रहनुपर्छ भनिएको हो । 

यसैगरी सबै मान्छेलाई समान व्यवहार गर्ने व्यक्तिले पनि जीवनमा कीर्ति लाभ गर्दछन् भनिएको छ । संसारका हरेक व्यक्ति पूज्य छन् । कोही पनि नराम्रा र अयोग्य छैनन् । अतः सबैलाई आफूजस्तै समान दृष्टिले हेर्न सक्नुपर्दछ । तबमात्र कीर्ति वृद्धि हुने गर्दछ । 

यसैगरी कीर्तिवृद्धिको कामना राख्ने व्यक्तिले भिक्षुप्रति पनि पूजयभाव दर्शाउन सक्नुपर्दछ ।  भिक्षु पनि देवरूप हुन् । जसको सम्मान गर्नाले यश कीर्तिवृद्धि हुने गर्दछ । 

यसैगरी अतिथिलाई पनि सदा श्रद्धाभावपूर्वक सत्कार गर्नुपर्दछ भनिएको छ । अतिथि देवता समान हुन्छन् । यसरी अभ्यागतलाई स्वागत सत्कार गर्ने व्यक्ति नै कीर्तिमानी हुन्छन् । यशश्वी हुन्छन् । 

 अतः देवता, पितृ, मनुष्य, भिक्षुक तथा अतिथिको नित्य पूजा गर्नुपर्दछ जसले हम्रो यश र कीर्ति वृद्धि हुन्छ भन्ने आजको नीति वचन मननीय छ । 

– नारायणप्रसाद निरौला,ज्योतिषाचार्य, वास्तुविद् –



No comments:

Post a Comment