आज फागुन संक्रान्ति, हेर्नुहोस् आजको दिन २०७७ फागुन १ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Feb 12, 2021

आज फागुन संक्रान्ति, हेर्नुहोस् आजको दिन २०७७ फागुन १ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, फागुन महिनाको १ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको १३ तारिख, शनिवार  हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ शुक्लपक्षको द्वितीया तिथि राति १२।४२   बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । शतभिषा नक्षत्र दिवा ३।१४ बजेसम्म रहनेछन् । यसैगरी आज शिव योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।४६ मा छ भने सूर्यास्त बेलुका ५।५२ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका  छन् ।  

आज फागुनसंक्रान्ति हो । अजबाट सूर्य कुम्भ राशिमा प्रवेश गरेका छन् । संक्रान्ति दान पुण्य कर्मका निम्ति उत्तम अवसर हो । 

No comments:

Post a Comment