मासिक राशिफल २०७७ फागुन - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Feb 12, 2021

मासिक राशिफल २०७७ फागुन

 



मेष राशिः मेष  राशिका लागि यो महिना मिश्रित फलदायी रहने देखिन्छ । मासारम्भकुण्डलीको लग्नमा मंगलको निवास रहेको छ । जसले कार्यक्षेत्र संघर्षदायी बन्नसक्ने देखिन्छ । कार्यक्षेत्रमा संघर्ष गर्नुपरे पनि कार्यको उचित प्रतिफल पाउने देखिन्छ ।  लग्नपति मंगल स्वगृही रहेकाले  रहेकाले प्राविधिक कार्यक्षेत्र हुनेका निम्ति महिना सुखद् रहनेछ । प्रशासनिक पक्ष मध्यम रहनेछ । साहसिक कार्यम संलग्नता बढ्ने देखिन्छ ।  आर्थिक दृष्टिले यो महिना मध्यम फलदायी रहनेछ । धनस्थानमा राहुको  निवास रहेकाले व्यापार व्यवसाय मध्यम गतिमा अघिबढ्ने देखिन्छ । कलात्मक पक्षका साथै कागजी मुलायम वस्तुको व्यापारमा वृद्धि हुनेछ । सेयर व्यवसय प्रतिफलदायी नै रहने देखिन्छ । लेनदेनका कार्यमा भने सजग रहनु नै उचित हुनेछ । राजनीतिको क्षेत्र यो महिना संघर्षदायी रहनसक्ने देखिन्छ । केही मेहनत गर्नुपरे पनि प्रतिफल सुखद् रहनेछ  देखिन्छ । प्रतिष्ठा अभिवृद्धिका योग पनि देखिन्छन् । विद्याको क्षेत्र पनि फलिभूत नै रहनेछ ।  खोज अनुसन्धानका कार्यमा संलग्नता बढ्ने देखिन्छ । लेखन क्षेत्र थप सबल रहनेछ । प्राज्ञिक कार्यमा मन अभिप्रेरित रहनेछ । पारिवारिक दृष्टिले यो महिना सुखद् रहनेछ । सन्ततिबाट लाभ हुनेछ । आफन्त एवं इष्टजनको साथ सहयोग मिल्ने देखिन्छ ।    स्वाथ्यको भाव मध्यम देखिन्छ  । केतुको प्रभाव रहेकाले खानपानमा विशेष सजग रहनु उचित हुनेछ । प्रेम प्रणयका दृष्टिले महिना उन्नत रहनेछ । सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । वैदेशिक क्षेत्र लाभदायी नै देखिन्छ । नयाँ कार्यअवसर प्रापितका साथै सुखद् परिभ्रमणका योग पनिदेखिन्छन् । सर्वकल्याणका निम्त गणेशजीको उपासना  यो महिना शुभफलदायी रहनेछ । 


वृष राशिः वृष राशिका लागि महिना मध्यम फलदायी रहनेछ । मासारम्भ कुण्डलीको लग्नमा राहुको निवास रहेको छ । जसले कार्यक्षेत्रमा अधिक मेहनत गर्नुपर्ने देखिन्छ । बृहस्पतिको दृटि रहेकाले  प्रतिफल भने सुखद् रहने देखिन्छ । शत्रुपक्षबाट सजग रहनु नै उचित हुनेछ ।  कार्यक्षेत्रका दृष्टिले महिनाको पूर्वार्ध विशेष लाभदायी रहने देखिन्छ । कृषि कार्यक्षेत्र हुनेका निम्ति पशु चौपायबाट लाभ रहनेछ । कलात्मक पक्ष यो महिना आकर्षक रहने देखिन्छ । आर्थिक दृष्टिले यो महिना सुखद् रहनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । धातुजनय वस्तुको व्यवसाय सुखद् रहनेछ । वाणिज्य एवं सेयरको व्यवसायीका निम्ति बीमा क्षेत्र उन्नत रहनेछ ।  जलीय वसतुको व्यवसाय मध्यमफलदायी रहनेछ । अग्निकारक वस्तु लाभदायी रहनेछन् । राजनीतिको क्षेत्र यो महिना मध्यम फलदायी रहनेछ । मिथ्यापवादले समताउनसक्ने देखिन्छ । बोलीमा बुद्धिपक्षको प्रयोग यो महिना सुखद् रहनेछ । राजनीतिमा यो महिना मौनताको वरण नै शुभ रहनेछ । विद्याको क्षेत्र  यो महिना सफल रहनेछ । प्रतिस्पधाृत्मक क्षमतामा वृद्धि हुनेछ । कला सािहत्य एवं संगीतको क्षेत्र विशेष रुचिकर रहनेछ ।  वाणिज्य क्षेत्रको अध्ययन गर्नेका निम्ति महिना सुखद् देखिन्छ ।  पारिवारिक दृष्टिले यो महिना मध्यमफलदायी रहनेछ । आफन्तमा समदूरीको व्यवहार सुखद् रहनेछ ।  सन्ततिबाट पनि सुखका योग देखिन्छन् । वाक् पक्षमा सम्यम  रहनु यो महिना लाभप्रद रहनेछ । स्वाथ्यको भाव सबल नै देखिन्छ । प्रेम प्रणयका दृष्टिले महिना फलिभूत रहनेछ ।  भौतिक एवं मानसिक दुरी घट्ने देखिन्छ । नयाँ प्रेम सम्बन्धस्थापित गनेृका निम्त भने अधिक परिश्रम गर्नुपर्ने देखिन्छ । वैदेशिक क्षेत्रका दृष्टिले यो महिना मध्यम फलदायी रहनेछ ।  विशेषतः धातुजन्य वस्तु फलदायी रहनेछन् । सुखद् यात्राका योग पनि प्राप्त हुने देखिन्छ । अन्यक्षेत्र सुखद् नै रहने यो महिनाको मासिक राशिफल रहेको छ ।  

  

मिथुन राशिः  मिथुन राशिका लागि यो महिना सुखद् रहनेछ । बौद्धिक कार्यक्षेत्रमा उन्नतिका योग देखिन्छन् । प्रशासनिक पक्ष सबल नै देखिन्छ । यसैगरी बुद्धिविलासका कार्यमा पनि अधिक समय व्यतीत हुने देखिन्छ । आर्थिक दृष्टिले  महिना उन्नत रहनेछ । सेयर व्यवसायमा वृद्धिका योग देखिन्छन् । जलीय वस्तुबाट विशेष लाभका योग देखिन्छन् ।  व्यापार व्यवसायमा वृद्धि हुनुका साथै लगानीको नयाँ अवसर प्राप्त हुनेछन् । कृषि व्यवसायीका निम्ति  पशु चौपायबाट लाभ रहनेछ । लगानीमा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । विद्याको क्षेत्र फलदायी रहनेछ । विशेषतः कलात्मक पक्षको अध्ययनार्थीका निम्ति महिना सुखद् देखिन्छ । सांगीतिक पक्ष उन्नत रहनेछ । प्राविधिक पक्षको अध्ययन गर्नेका निम्ति महिना संघर्षदायी रहने देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभका योग देखिन्छन् । मित्रपक्षबाट भने सजग रहनु नै उचित हुनेछ । प्राकृतिक परिभ्रमणले महिनालाई रमणीय तुल्याउने देखिन्छ ।  राजनीतिको क्षेत्र यो महिना मध्यमफलदायी रहनेछ । कार्यक्षेत्रमा अधिक खट्नुपर्ने देखिन्छ । पारिवारिक दृष्टिले यो महिना सुखद् नै रहने देखिन्छ ।  सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । सन्ततिबाट लाभ रहनेछ । आफन्त एवं इटमित्रबाट पनि साथ सहयोग मिल्नुका साथै दाम्पत्य सुखका योग पनि देखिन्छन् ।  प्रेम प्रणका दृष्टिले महिनाको उत्तराद्र्ध फलिभुत रहनेछ ।  गुह्य कुराको आदान प्रदानले प्रेममा उचाइ थपिने देखिन्छ ।   स्वास्थ्यका दृष्टिले मध्यम फलदायी रहनेछ । स्वगृही शनिले त्यस्तो प्रभाव नपारे पनि बृहस्पतिको नीचत्व वृत्तिले वातजन्य विकार दिलाउनसक्ने देखिन्छ । आहार विहारमा सजग रहनाले स्वास्थ्य सबल बन्ने देखिन्छ । धार्मिक आध्यात्मि दृष्टिले महिना फलिभूत रहने देखिन्छ । परोपकारी भाव मनमा जागृत हुनेछ ।  सर्र्वकल्याणका निम्ति यो महिना लक्ष्मीनारायण भवगान्को उपासन यो महिना शुभ फलदायी रहने देखिन्छ । 

   

कर्कट राशिः  कर्कट राशिका लागि यो महिना लाभदायी रहनेछ । कार्यक्षेत्रमा उन्नतिका योग देखिन्छन् । प्रशासनिक क्षमतामा वृद्धि हुनेछ । साहसिक निर्णयका कार्यमा पनि अग्रसरता बढ्ने देखिन्छ ।  आर्थिक दृष्टिले महिना सबल रहनेछ ।  आमदानीका स्रोत बढ्नेछन् ।  धातुजन्य वस्तुको व्यवसाय  यो महिना विशेष फलदायी रहनेछ । सेयर कारोवारमा महिनाको उत्तराद्र्ध सुखद् रहनेछ । सेयर व्यवसयबाट पनि लाभका योग देखिन्छन् । कृषिकर्मीका निम्ति पशु चौपायबाट लाभ रहनेछ । जलीय वस्तुको व्यापार भने मध्यम फलदायी रहनेछ । विद्याको क्षेत्र सफल रहनेछ । अध्यनमा रुचि जाग्नुका साथै खोवज अनुसन्धानका कार्यमा विशेष संलग्नता रहनेछ ।  कला सहित्य एवं मनोरञ्जनको क्षेत्रबाट पनि उन्नति हुने देखिन्छ । सृजनात्मककार्यमा सफलता मिल्नेछ ।  वैदेशिक पक्षबाट लाभका योग देखिन्छन् । कार्यमा सफलता मिल्नुका साथै सुखद् यात्राका  अवसर प्राप्त हुनेछन् । मित्रपक्षबाट पनि साथ सहयोग मिल्ने देखिन्छ ।  राजनीतिकर्मीका निम्त महिना मध्यमफलदायी रहनेछ । परोपकारी कार्यमा रुचि जागने देखिन्छ ।  स्वास्थ्यको भाव मध्यम देखिन्छ । अग्निकारब वस्तुको प्रयोगमा सजग रहनु उचित हुनेछ ।   पारिवारिक पक्ष सुखद् देखिन्छ । इष्टजनको साथ सहयोग मिल्नुका साथै सन्ततिबाट पनि लाभ हुनेछ ।  दाम्पत्य जीवन पनि सुखमय नै रहने देखिन्छ ।  प्रेमको पक्ष यो महिना फलिभूत रहने देखिन्छ । सम्बन्धमा प्रगाढताका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।  शत्रु निर्वल रहने छन् । धार्मिक कार्यमा रुचि जाग्नुका साथै आध्यात्मिक चिन्तनमा पनि मन प्रवृत्त रहने मासिक राशिफल रहेको छ ।  


सिंह राशिः सिंह राशिका लागि यो महिना फलदायी रहनेछ । मासारम्भ कुण्डलीको कर्मभावमा राहुको निवास रहेको छ । यसैले कार्यक्षेत्र सजगताका साथ अघिबढ्नु उपयुक्त हुने देखिन्छ । बुद्धिपक्षको प्रयोग यो महिना सुखद् रहनेछ । आर्थिक दृष्टिले महिना सुखद् रहनेछ । अर्थ वाणिज्यका परिसूचक बढ्नेछन् । भौतिक वस्तुबाट लाभ रहनेछ ।  सेयर व्यवसयमा वृद्धिका साथै लगानीका नयाँ अवसर मिल्नेछन् । व्यापार व्यवसाय उन्नत नै रहने देखिन्छ ।  जलजन्य वस्तुको व्यवसाय उन्नत रहनेछ । आर्थिक दृष्टिले महिनाको उत्तराद्र्ध सबल रहने देखिन्छ । मित्र पक्ष सबल रहनेछन् । पारिवारिक दृष्टिले पनि महिना सुखद् रहने देखिन्छ ।  सन्ततिबाट लाभका योग देखिन्छन् । धार्मिक आध्यात्मिक कार्यमा विशेष संलग्नता रहने देखिन्छ । राजनीतिक दृष्टिले पनि महिना प्रभावकारी रहनेछ । नेतृत्वक्षमतामा वृद्धि हुनेछ ।  विद्याको भाव सबल देखिन्छ । कला सृजानका साथै मनोरञ्जनमा पनि अग्रसरता बढ्नेछ । भौतिक वस्तुको अध्ययनार्थीका निम्त महिना सुखद् रहनेछ । प्राविधिक पक्ष सनि अनुकूल नै रहने देखिन्छ ।  सांगीतिक पक्ष पनि यो मनिा सुखमय रहनेछ । विशेष लाभका अवसर प्राप्त हुनेछन् । स्वास्थ्यको भाव सबल देखिन्छ । इलेक्ट्रिक  वस्तुको प्रयोकमा पनि कमी ल्याउनु लाभप्रद रहनेछ । प्रेम भाव उन्नत देखिन्छ । अनावश्यक कुरामा अधिक समय व्यतीत नगर्नु नै लाभदायी रहनेछ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै परेपकारी कार्यमा संलग्नता रहने महिनाको राशिफल रहेको छ । 


कन्या राशिः कन्या राशिका लागि यो महिना फलदायी रहनेछ । यात्राका विशेष योग देखिन्छन् । प्रशासनिक क्षमतामा वृद्धि हुनेछ ।  बौद्धिक पक्ष यो महिना सुखद् रहनेछ । कार्य प्राप्तिका साथै पद प्रतिष्ठामा पनि अभिवृद्धिका योग देखिन्छन् । मित्रपक्ष मध्यम देखिन्छ । निर्णयप्रत्रियामा स्वविवेकको प्रयोग लाभप्रद रहनेछ ।   आर्थिक दृष्टिले यो महिना  फलदायी रहनेछ । लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । वाणिज्य एवं सेयर लगानी प्रतिफलदायी रहनेछ । भौतिक वसतुबाट लाभका योग देखिन्छन् । आमदानीका स्रोत बढ्नेछन् । कृषि व्यवसायीका निम्ति तरकारी एवं फलफूलजन्य वस्तुबाट लाभ रहनेछ । राजनीतिको क्षेत्र यो महिना मध्यम फलदायी रहनेछ । तर्क पक्ष कमजोर रहनसक्ने देखिन्छ । वोली र व्यवहारमा एकरूपता ल्याउनाले सुखद् परिणमा पप्त हुने देखिन्छ ।  विद्याको भाव  उन्नत  रहनेछ ।  प्राविधिक विषयको अध्ययन गर्नेका निम्त महिना सुखद् रहनेछ ।  विज्ञान र गणितको क्षेत्र पनि यो महिना सुखद् नै रहनेछ । कला सहित्य एवं संगीतको क्षेत्र मध्यमफलदायी रहनेछ । अध्ययनमा अधिक समय व्यतीत हुनसक्ने देखिन्छ । पारिवारिक दृष्टिले यो महिना सुखद् रहनेछ । आफलन्त एवं इष्टजनको साथ सहयोग मिल्नुका साथै सन्ततिबाट पनि लाभ रहनेछ । स्वाथ्यको भाव  मध्यमफलदायी रहनेछ । मासासम्भकुण्डलीको स्वाथ्यभावमा मंगलको निवास रहेको छ । जसले आगो एवं विद्युतीय वस्तुबाट सजग रहनु उचित हुने देखिन्छ । प्रेम प्रणयका दृष्टिले महिनाको उत्तराद्र्ध सुखद्  रहनेछ । प्रेमिल परिभ्रमणका अवसर प्रापत हुनेछन् ।  वैदेशिक  पक्ष लाभदायी नै रहनेछ । मित्रपक्षबाट सजग रहनु नै उचित हुनेछ । विवेकपूर्ण ढङ्गले गरिएको निर्णयले सुखद् परिणम दिने देखिन्छ । कला साहित्य एवं संगीतको क्षेत्र रुचिकर रहने देखिन्छ । सांगीतिक पक्षबाट लाभ हुनेछ । धार्मि आध्यात्मिक कार्यमा संलग्नता रहने यो महिनाको मासिक राशिफल रहेको छ ।  

  

तुला राशिः तुला राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुने देखिन्छ । कार्यलाभका योग देखिन्छन् । प्रशासनिक क्षेत्रमा सुखद् रहनेछ । आर्थिक दृष्टिले महिना कार्यदायी रहनसक्ने देखिन्छ । मासारम्भ कुण्डलीको धनभावमा केतुको निवास रहेको छ । जसले यो महिना अािर्थक पक्षमा सजग रहनु नै उचित हुनेछ । फजुल खर्चमा वृद्धि हुनसक्ने देखिन्छ । सेयर व्यवसाय मध्यमम फलदायी रहनेछ । कृषि व्यवसायीका निम्ति पशु चौपायबाट लाभ रहनेछ । सेयर व्यवसायमा बैंकि क्षेत्रबाट लाभ रहनेछ ।  आर्थिक दृष्टिले महिनाको उत्तराद्र्ध सुखद् रहनसकने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कला सृजनामा पनि मन प्रवृत्त रहनेछ । सांगीतिक पक्षको अध्ययनार्थीका निम्त महिना सुखद् रहनेछ । खोज अनुसन्धानका कार्यमा विशेष संलग्नता रहनेछ । पारिवारिक पक्ष सुद्ढ रहनेछ । सुखद् परिभ्रमणका योग पनि देखिन्छन् । आफन्त एवं इष्टमित्रको साथ सहयोग मिल्ने देखिन्छ । सन्ततिबाट पनि लाभका योग देखिन्छन् । दाम्पतय सुखका योग देखिन्छन् ।  प्रेम जीवन पारखिलो रहनेछ ।  प्रिय वस्तुको प्रदानले प्रेम पक्ष प्रगाढ रहनेछ । सुखद् प्राकृतिक परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् ।  धार्मिक कार्यमा रुचि जाग्नुका साथै अध्यात्म चिन्तनमा मन अग्रसर रहनेछ । मनमा परोपकारी भावना छाउनेछ ।  स्वास्थ्यको क्षेत्र भने मध्यम फलदायी रहनेछ । राहुका प्रभावले स्वास्थ्यमा सामान्य समस्या आइपर्नसक्ने देखिन्छ । शीतकारक वस्तुको प्रयोग  सजग रहनु लाभदायी रहनेछ । स्वास्थ्यमा सबलताका निम्ति दुर्गा भगवतीको उपासना शुभ फलदायी रहनेछ ।  राजनीतिक दृष्टिले महिना सबल नै देखिन्छ । नेतृत्व क्षमतामा वृद्धि हुनेछ ।  निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग यो महिना लाभदायी रहनेछ ।  वैदेशि क्षेत्र पनि सुखद् नै देखिन्छ । कार्य लाभका साथै मित्रपक्षबाट पनि साथ सहयोग प्राप्त हुने यो महिनाको राशिफल रहेको छ ।  

       

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो महिना फलदायी रहनेछ । मासारम्भ कुण्डलीको  लग्नमा केतुको निवास रहेको छ । जसले कार्यक्षेत्रमा अधिक परिश्रम गर्नुपर्ने देखिन्छ । परिश्रमाको उचित प्रतिफल मिल्ने देखिन्छ । आर्थिक दृष्टिले महिनाको उत्तराद्धृ सुखद् रहनेछ । जलीय वस्तुबाट लाभका योग देखिन्छन् । व्यापार व्यवसायमा उन्नतिका साथै लगानीका नयाँ मार्ग पप्त हुनेछन् । वित्तीय उन्नतिका योग देखिन्छन् । सेयर व्यवसयमा पनि महिनाको उत्तराद्र्धबाट वृद्धि हुने देखिन्छ । पारिवारिक दृष्टिले पनि महिना  मध्यमफलदायी रहनेछ । निर्णयप्रत्रियामा स्वविवेकको प्रयोग लाभदायी रहनेछ । आफन्तजनमा समदुरीको वयवहार नै लाभप्द रहनेछ । सन्ततिको पक्ष सुखद् रहनेछ ।  प्रेम भाव यो महिना पारखिलो रहनेछ । नयाँ प्रेम सम्बन्ध स्थापित गर्नेका निमत् पनि महिना सुखद् नै देखिन्छ । प्रिय वस्तुको दानादानले प्रेममा प्रगाढता बढ्ने देखिन्छ । विद्याको भाव सबल देखिन्छ । प्राविधिक विषयको अध्ययन अध्यापनमा विशेष रुचि बढ्नेछ ।  कला साहित्यको षेत्र मध्यमफलदायी रहनेछ । इञ्जििनियरिङ अध्ययन गर्नेका निमत महिना सुखद् रहनेछ । खोज अनुसन्धान कार्यमा संलग्न व्यक्तिका निमत पनि महिना सुखद् नै रहनेछ । राजनीतिक दृष्टिले पनि महिना फलदाय िरहनेछ । सामान्य समस्या आइपरेपनि सहजतः समाधान भएर जाने देखिन्छ । नेतृत्व क्षमतामा वृद्धिका योग देखिन्छन् । परोपकारी कार्यमा पनि सैलग्नता रहनेछ । स्वास्थ्यको भाव यो महिना सुखद् रहनेछ ।  चिसोबाट भने सजग रहनु उचित हुनेछ ।  शुत्रपक्ष निर्बल रहनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् परिभ्रमणका अवसर प्रापत हुनेछन् । कला साहित्यको पक्ष सबल रहनेछ । नेतृत्व क्षमतामा पनि वृद्धि हुनेछ । केतुको प्रभावले सामान्य समस्या आइपरेपनि सहजतः समाधामन भएर जाने देखिन्छ । 


धनु राशिः  धनु राशिका लागि यो महिना सुखद् रहनेछ । यात्रका विशेष योग देखिन्छन् ।  कार्यक्षेत्रमा  उन्नतिका योग देखिन्छन् । यनाँ कार्य प्राप्तिका योग पनि रहेका छन् ।  सृजनात्मक कार्यमा  संलग्नता रहनेछ । प्रशासनिक कार्यमा पनि सफलता मिल्नेछ । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग शुभ रहनेछ । आर्थिक दृष्टिले यो महिना सुखद् रहनेछ । जलजन्य वस्तुबाट लाभ रहनेछ  । व्यापार व्यवसायमा उन्नतिका साथै सेयर लगानी पनि प्रतिफलदायी बन्ने देखिन्छ । भौतिक वसतुको व्यवसाय सुखद् रहनेछ । जलजन्य वस्तुको व्यवसाय उन्नत रहने देखिन्छ । कृषि व्यवसायीका निम्ति पनि सुखद् रहनेछ ।  राजनीतिको क्षेत्र यो महिना सुखद् देखिन्छ । नेतृत्व  क्षमतामा वृद्धि हुनेछ । पद प्रतिष्ठा अभिवृद्धिकायोग देखिन्छन् ।  विद्याको क्षेत्र पनि फलिभूत नै रहनेछ । विशेषतः प्राविधिक विषयको अध्ययन कर्तानका निम्ति यो महिना सुखद् रहनेछ ।  खोज अनुसन्धानका कार्यमा पनि सफलता प्राप्त हुने देखिन्छ । प्रतिस्पर्धात्मक क्षमतामा पनि वृद्धि हुने देखिन्छ । अध्ययनको क्षेत्र सुखद् रहनेछ । पारिवारिक दृष्टिले यो महिना  सफल रहनेछ । सन्ततिबाट  लाभ रहनेछ । आफन्त एवं इष्टजनको साथ र सहयोग उल्लेख्य मिल्ने देखिन्छ । मित्रपक्षबाट पनि लाभ रहनेछ ।   स्वाथ्यको भाव मध्यम देखिन्छ  । शीतकारक वस्तुबाट सजग रहनाले स्वास्थ्य सुखद् रहने देखिन्छ । प्रेम प्रणयका दृष्टिले महिना उन्नत रहनेछ । सम्बन्धमा प्रगाढता थपिनेछ  । आपसी सहकार्यले प्रेममा प्रगाढता थपिने देखिन्छ । वैदेशिक क्षेत्रका दृष्टिले यो महिना सुखद् नै रहनेछ । सुखद् परिभ्रमणले महिनालाई मनोरम तुल्याउने छ ।  धार्मिक कार्यमा पनि केही संलग्नता रहनसक्ने यो मनिाको मासिक राशिफल रहेको छ । 

 

मकर राशिः मकर राशिका लागि यो महिना उन्नतिकारक रहनेछ । मासारम्भ कुण्डलीलमा स्वगृही शनिश्चर रहेका छन् । जसले प्राविधिक कार्यक्षेत्र हुनेका निम्ति महिना सुखद् रहनेछ ।  धातुजन्य  वस्तुबाट लाभका योग देखिन्छन् । प्रशासनिक क्षमतामा पनि वृद्धि हुनेछ । बृहस्पतिको नीचत्व वृत्ति रहेपनि शुक्र एवं बुधको प्रभावले लग्नलाई सबल तुल्याएका छन् ।  आर्थिक पक्ष उन्नत नै रहनेछ । व्यवापार व्यवसायमा उन्नतिका  साथै नयाँ कार्यप्रापीतका योग देखिन्छन् । सेयर व्यवसाय प्रतिफलदायी रहनेछ । बैंक एवं बीमाको क्षेत्र उन्नत रहनेछ । कृषि व्यवसायीका निम्ति  पशु चौपायका साथै अन्नबालीबाट लाभ रहनेछ । विद्याको क्षेत्र मध्यमफलदायी रहनेछ । मासारम्भ कुण्डलीको विद्याभावमा राहुको निवास रहेको छ । जसले ध्ययन अध्यापनका क्षेत्रमा अधिक परिश्रम गर्नुपर्ने देखिन्छ । प्राविधिक पक्षको अध्ययन भने लाभदायी रहनसक्ने देखिन्छ । सांगीतिक पक्ष यो महिना सुखद् रहनेछ । सृजनात्मक पक्ष सबल रहनेछ । वैदेशिक क्षेत्रबाट पनि लाभ रहनेछ । सुखद् परिभ्रमणका अवसर मिल्नेछन् । मित्रपक्षबाट भने सजग रहनु नै उचित हुनेछ ।  राजनीतिको क्षेत्र यो महिना मध्यमफलदायी रहनेछ । परोपकारी कार्यमा अग्रसर रहनाले राजनीतिको क्षेत्र सबल बन्नेदेखिन्छ ।   पारिवारिक दृष्टिले यो महिना सुखद् नै रहनेछ । मित्र सहयोग मिल्नुकास साथै सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । सन्ततिपक्ष पनि सबल देखिन्छ । प्रेम प्रणका दृष्टिले महिना  लाभदायी रहनेछ । प्रिय वस्तुको आदान प्रदानले प्रेममा प्रगाढता थपिनेछ ।  स्वास्थ्यका दृष्टिले मध्यम फलदायी रहनेछ । आहार विहारमा सजग रहनाले स्वास्थ्य सबल बन्ने देखिन्छ । धार्मिक आध्यात्मि दृष्टिले महिना फलिभूत रहनेछ । सर्र्वकल्याणका निम्ति यो महिना शिवजीको उपासन शुभ फलदायी रहने देखिन्छ । 


कुम्भ राशिः  कुम्भ राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । मासारम्भ कुण्डलीको कर्मभावमा केतुको निवास रहेको छ । जसले कार्यक्षेत्रलाई संघर्षदायी तुल्याएको देखिन्छ ।   कार्यक्षेत्रमा बुद्धिपक्षको प्रयोग यो महिना सुखद् रहनेछ । आर्थिक दृष्टिले यो महिना  सुखद्  रहनेछ ।  लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । खर्चमा भने वृद्धि हुनसक्ने देखिन्छ ।   वाणिज्य एवं सेयर लगानीमा वृद्धि हुनेछ । जग्गाजमीनको क्षेत्रबाट लाभ रहनेछ । कृषिकर्मीका निम्ति फलफूलजन्य वस्तुबाट लाभ रहनेछ । राजनीतिको क्षेत्र यो महिना मध्यम फलदायी रहनेछ । नेतृत्वक्षमतामाम बुद्धिपक्षको प्रयोग शुभ रहनेछ । सामाजिक कार्यमा पनि संलग्नता बढ्नेछ । बुद्धिपक्षको प्रयोगले राजनीतिमा सफलता मिल्ने देखिन्छ । विद्याको क्षेत्र  यो महिना सुखद् देखिन्छ । प्राविधिक क्षेत्रको अध्ययन गर्नेका निम्ति महिना सुखद् रहनेछ ।  कलात्मक पक्षको अध्ययन अध्यापन पनि सुखद् नै रहनेछ ।  खेल क्षेत्रबाट पनि लाभका योग देखिन्छन् । पारिवारिक दृष्टिले यो महिना मध्यमफलदायी रहनेछ । आफन्तजनबाट सजग रहनु नै उचित हुनेछ । पारिवारिक खर्चमा भने वृद्धि हुनसक्नेछ ।  स्वाथ्यको भाव  अपेक्षित रूपमा लाभप्रद रहनेछ । शीतोष्ण वस्तुको प्रयोग स्वास्थ्यका दृष्टिले लाभप्रद रहने देखिन्छ । प्रेम प्रणयका दृष्टिले महिनाको मध्यमफलदायी रहनेछ ।  बोलीमा संयम अपनाउनु उचित हुनेछ । प्रेमका मामलामा केही संघर्षका योग देखिन्छन् । वैदेशिक  पक्ष लाभदायी नै देखिन्छ । सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । आध्यात्मिक दृष्टिले पनि महिना सुखद् नै रहनेछ । परोपकारी कार्यमा संलग्ना बढ्ने यो महिनाको मासिक राशिफल रहेको छ । 


मीन राशिः मीन राशिका लागि यो महिना यात्रादायी रहने देखिन्छ । यात्राभावमा केतुको निवास रहेको छ । जसले महिनालाई  परिभ्रमणात्मक तुल्याएको  देखिन्छ । कर्मभाव सबल रहनेछ । पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् । निर्णय प्रक्रियामा पनि नहतारिनु लाभप्रद रहनेछ । आर्थिक दृष्टिले यो महिना सुखद् रहनेछ । आय आर्जनका स्रोतमा वृद्धि हुनेछ । वाणिज्य एवं सेयरको व्यवसाय फलिभूत रहने देखिन्छ । कृषिकर्मीका निम्ति पशु चौपायबाट लाभ रहने देखिन्छ । धातुजनय वस्तुको व्यवसाय सुखद् रहनेछ ।  राजनीतिको क्षेत्र यो महिना मध्यम फलदायी रहने देखिन्छ । शत्रुपक्ष भने सबल रहनसक्नेछन् । राजनीतिक परिभ्रमणका योग पनि देखिन्छन् । विद्याको भाव  फलदायी रहनेछ । प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ । कला सहित्य एवं संगीतको क्षेत्र पनि  रुचिकर रहने देखिन्छ ।  सांगीतिक पक्ष सुखद् रहनेछ । पारिवारिक दृष्टिले यो महिना सुखद् रहनेछ । सन्तति सुखका ासथै दाम्पत्य पक्ष पनि मजबुत रहनेछ । स्वाथ्यको भाव मध्यमफलदायी रहनेछ । केतुको प्भाव रहने भएकाले आहार विहारमका सजग रहनु नै उचित हुनेछ । प्रेम प्रणयका दृष्टिले महिनाको सुखद् रहनेछ । आत्मीय सम्बन्धमा वृद्धि हुनेछ । प्रेमिल यात्राका योग पनि देखिन्छन् । बोलीमा भने सजग रहनु नै उचित हुनेछ । वैदेशिक क्षेत्रबाट लाभ रहने देखिन्छ । विशेषतः धातुजन्य वस्तु फलदायी रहनेछन् । आध्यात्मिक पक्ष सुखद् रहनेछ । आध्यात्मिक चिन्तनमा पनि संलग्नता रहने यो महिनाको राशिफल रहेको छ । 

  





No comments:

Post a Comment