श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको ८ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ कृष्णपक्षको द्वादशी तिथि राति १।४३ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मूल नक्षत्र दिवा ३।३० बजेसम्म रहनेछन् । यसैगरी आज व्याघात योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।४८ मा छ भने सूर्यास्त बेलुका ५।५० बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा रहेका छन् ।
आज प्रदोषव्रत परेको छ । चन्द्रजन्य दोष निवारणका साथै आत्मिक उन्नतिका लागि प्रदोषव्रत शुभ फलदायी रहनेछ । यसैले आज केवल शिवजीको उपासना शुभफलदायी रहन्छ ।
No comments:
Post a Comment