सुख कसरी मिल्छ ? हेर्नुहोस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Feb 7, 2021

सुख कसरी मिल्छ ? हेर्नुहोस्

 


नास्ति विद्या समं चक्षु नास्ति सत्य समं तपः । 

नास्ति राग समं दुखं नास्ति त्याग समं सुखम् ।। – संस्कृत सुभाषितम्


विद्या जस्तो दिव्य चक्षु, सत्य समान तपस्या, आसक्ति  समान दुःख र त्याग समान सुख अरु केही हुनसक्दैन । 

 ज्ञान अर्थात् विद्यालाई दिव्य चक्षुको संज्ञा दिइएको छ । विद्या हाम्रो आँखा हो । त्यसैले जीवनमा सर्वप्रथम ज्ञान आर्जन गर्नु भनिएको छ । यसैगरी सत्य समान अर्को तपस्य छैन । हजारौ वर्ष तपस्या गरे बराबरको फल सत्य बोली वचन र व्यवहार गर्नाले पाइन्छ भनिएको छ । अतः सत्य बोल्नु पनि महान् तपस्या हो । यसैगरी आसक्तिमा दुःख रहेको हुन्छ । आसक्ति भनेको लोभी पन हो । लोभमा अत्यन्त दुःख हुन्छ । जीवनमा लोभ नगर्ने हो भने दुःखबाट पार पाउन सकिन्छ । यसैगरी त्याग नगरी सुख मिल्न  सक्दैन भनिएको छ । त्यागमा जस्तो आनन्द प्राप्ति अन्यत्र हुन सक्दैन । त्यसैले त्याग अर्थात् दान गर्नाले नै सुख प्राप्त हुन्छ । 

 जीवनमा सुख प्राप्तिका निम्त त्याग गर्न सक्नुपर्दछ भनिएको छ । जीवनका हरेक मोडमा त्याग गर्नसक्ने मान्छे सुखी रहनसक्छ । अन्यथा प्राप्त हुने सुखलाई वास्तविक सुख मानिएको छैन ।

प्रेममा त्याग भएन भने त्यो प्रेम दीर्घजीवन टिक्न सक्दैन । एक अर्काप्रति दानादनको भावले नै प्रेम मौलाउने गर्दछ । यसैगरी मीठो निद्रा पनि शारीरिक थकान विसाएपछि मात्र प्राप्त हुन्छ । मान्छे रुनु पनि त्याग गर्नु हो, आँसु बगाएपछि मनको वह सङ्लिन्छ । हास्नु पनि मनको विकारलाई दान दिनु नै तबमात्र मनमा आनन्दको पैदा हुन्छ । यसका साथै मलमूत्र त्याग गर्न नपाउँदा र पाँउँदाको अनुभव गर्न सकिन्छ । जब शरीरका विकारलाई त्याग गरिन्छ तब मात्र वास्तविक आनन्द प्राप्त हुने गर्दछ । यसैगरी दानी व्यक्ति नै संसारमा सुखी हुन्छन् भनिएको छ । किनकि लोभमा कहिल्यै सुख हुँदैन । अतः हामीले त्यागको भाव, दानको भाव मनमा राखी व्यवहारमा पनि उतार्न सक्यौँ भने सुख प्राप्त हुन्छ भनिएको छ ।   –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य– 


No comments:

Post a Comment