आजको राशिफल २०७७ फागुन १४ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Feb 25, 2021

आजको राशिफल २०७७ फागुन १४ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, फागुन महिनाको १४ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको २६ तारिख, शुक्रवार हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ शुक्लपक्षको नवमी तिथि दिवा १।६   बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्लेषा नक्षत्र दिवा १२।११ बजेसम्म रहनेछन् । यसैगरी आज अतिगण्ड योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६।३३ मा छ भने सूर्यास्त बेलुका ६।२ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहेका  छन् ।  

आज पूर्णिमाव्रत परेको छ । पूर्णिमाव्रतमा चन्द्रमाको उपासना हुने गर्दछ । 

 



आजको राशिफल

२०७७ फागुन १४ गते    

मेष राशिः बोलीमा विकार रहनसक्नेछ । कार्य प्रभावकारितामा कमी रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । दिन संघर्षमय रहने देखिन्छ ।


वृष राशिः  मित्र सुख मिल्नेछ । प्राज्ञिक कार्यमा मन जानुकका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेमा पारख बढ्नेछ ।


मिथुन राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । कार्य व्यवसायमा सफलता मिल्नुका साथै आर्थिक उन्नति हुने देखिन्छ । भाग्यको क्षेत्र पनि सबल रहनेछ । 


कर्कट राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुने देखिन्छ । बौद्धिक कार्यमा पनि सफलता मिल्नेछ । 


 सिंह राशिः कार्यक्षेत्र  संघर्षदायी रहनेछ । खर्चमा वृद्धि हुनुका साथै आर्थिक अस्थिरताको सामना गर्नुपर्ने देखिन्छ । बुद्धिपक्षको प्रयोग आज शुभ रहनेछ । 


कन्या राशिः  प्रिय लाभ हुनेछ ।  कान्ति वृद्धिका साथै अध्ययन अध्यापनमा मन जनेछ । व्यापार व्यववसायमा पनि वृद्धि हुने देखिन्छ ।


तुला राशिः  खेल क्षेत्रमा रुचि रहनेछ । गृह सुख मिल्नुका साथै आय आर्जनका अवसर पनि प्राप्त हुनेछन् । व्यवसाय पनि फलदायी नै रहने देखिन्छ । 


वृश्चिक राशिः पारिवारिक सुख मिल्नेछ । कान्ति वृद्धिका साथै कलात्मक क्षेत्रमा अभिरुचि रहने देखिन्छ । धातुजन्य वस्तु पनि लाभदायी रहनेछन् । 


धनु राशिः  आर्थिक पक्ष मध्यम फलदायी रहनेछ । शत्रुपक्ष सबल रहने भएकाले कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । 


मकर राशिः कार्यमा सफलता मिल्नेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भौतिक वस्तुबाट लाभ रहनेछ ।


कुम्भ राशिः  सामाजिक कार्यमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि सफलता मिल्नेछ ।  सांगीतिक क्षेत्र सबल रहने देखिन्छ । 


मीन राशिः प्रेम जीवन सुखद् रहनेछ । आय आर्जमा वृद्धि हुनुका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । विद्याको भाव पनि सबल नै रहनेछ ।



No comments:

Post a Comment