अनागता विधाता च प्रात्युत्पन्नामतिस्तथा ।
द्वावेतौ सुखमेधेते यद् भविष्यो विनश्यति ।। –चाणक्य
आउन लागेको विपत्तिप्रति पहिले नै सचेत बन्नु पर्छ । यसैगरी आइपरेको विपत्ति निवारणको उपाय पनि निकाल्न सक्नु पर्छ । उपाय सोचेर कार्यमा उतार्नेकाे जीवन सफल र सुखी हुन्छ । जे होला होला भनी वेवास्ता गर्नाले विनाशको बाटो निम्त्याउँछ ।
जीवन हो, सधैँ एकैनाशको गति सम्भव छैन । सुख त सजिलै काटिन्छ तर दुःख र विपत्ति झेल्न निकै कठिन हुने गर्दछ । यसरी विपत्ति आउनै लागे पनि त्यसको निवारणका उपाय सोची कार्य गर्नाले जीवन सफल हुन्छ । कहिले कहीँ त हठात् पनि विपत्तिको सामना गर्नु पर्ने हुन्छ । यस्तो समयमा पनि धैर्य भई उचित समाधानको उपाय निकाल्न सक्नुपर्दछ । पछि जे त होला भन्दै विपत्तिको वास्ता नगर्नाले जीवन नै जोखिममा पर्न सक्छ । अतः आइपर्नसक्ने विपत्तिप्रति सधैँ हामी सचेत रहन सक्नुपर्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–
No comments:
Post a Comment