आज श्रीस्वस्थानीव्रत समापन गर्ने दिन, २०७७ फागुन १५ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Feb 26, 2021

आज श्रीस्वस्थानीव्रत समापन गर्ने दिन, २०७७ फागुन १५ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, फागुन महिनाको १५ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको २७ तारिख, शनिवार हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ शुक्लपक्षको पूर्णिमा तिथि दिवा २।१६   बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मघा नक्षत्र दिवा ११।५२ बजेसम्म रहनेछन् । यसैगरी आज सुकर्म योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।३२ मा छ भने सूर्यास्त बेलुका ६।२ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका  छन् ।  

आज श्रीस्वस्थानीव्रतको समापन गर्ने दिन हो । पौषशुक्ल पूर्णिमाबाट आरम्भ भएको यो महिनादिनसम्मको व्त विशेष विधिपूर्वक पूजा आराधना गरी समापना गरिन्छ । 

No comments:

Post a Comment