आजको राशिफल २०७७ फागुन २९ गते, शनिवार - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Mar 12, 2021

आजको राशिफल २०७७ फागुन २९ गते, शनिवार



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, फागुन महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मार्च महिनाको १३ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फागुन कृष्णपक्षको औँसी तिथि दिवा ३।२१  बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाभाद्रपदा  नक्षत्र राति १२।२ बजेसम्म रहनेछन् । यसैगरी आज साध्य योग नाग करण रहेका छन् । आज सूर्योदय बिहान ६।१८ मा छ भने सूर्यास्त बेलुका ६।११ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका छन् ।  

आज शनिवार शिवजीको उपासनका साथै शनिमृत्युञ्जयको स्तोत्राठ शुभ रहनेछ । 


 

आजको राशिफल  

२०७७ फागुन २९ गते, शनिवार        


मेष राशिः  कार्य लाभ हुनेछ, धन प्राप्तिका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।  


वृष राशिः  गृह सुख मिल्नेछ, द्रव्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ । 


मिथुन राशिः खर्चमा वृद्धि हुनेछ, मित्र भयका साथै स्वास्थयमा पनि प्रतिकूलता रहने देखिन्छ । 


कर्कट राशिः मीष्ठान्न प्राप्ति हुनेछ, आर्थिक लाभका साथै पारिवारिक सुख मिल्नेछ । 


 सिंह राशिः  स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ । 


कन्या राशिः  व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् । 


तुला राशिः  दिन कार्यदायी रहनेछ । खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसकने देखिन्छ । 


  वृश्चिक राशिः  आयमा वृद्धि हुनेछ, कार्यलाभका साथै सुखद् यात्राको योग देखिन्छ ।


धनु राशिः भौतिक वस्तुबाट लाभ हुनेछ, मित्र सुखका साथै दिन सुखद् रहने देखिन्छ । 


मकर राशिः  अध्ययनमा रुचि  जाग्नेछ, धन लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । 


कुम्भ राशिः विद्या लाभ हुनेछ, पराक्रम बढ्नुका साथै धार्मिक कार्यमामन जानेछ । 


 मीन राशिः  दिन कार्यदायी रहनसक्ने देखिन्छ । शत्रुबाट सजग रहनु नै उचित हुनेछ । 



No comments:

Post a Comment