श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, चैत्र महिनाको १ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मार्च महिनाको १४ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फाल्गुन शुक्लपक्षको प्रतिपदा तिथि राति १२।४२ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र दिवा १।४५ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।१७ मा छ भने सूर्यास्त बेलुका ६।११ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका छन् ।
आज चैत्रसंक्रान्ति हो । अजबाट सूर्य मीन राशिमा प्रवेश गरेका छन् । संक्रान्ति दान पुण्य कर्मका निम्ति उत्तम अवसर हो । यसैगरी पञ्चाङ्गको फल श्रवण गर्नाले गंगा स्नान गरे बराबरको फल प्राप्त हुनेगर्दछ ।
No comments:
Post a Comment