रविसप्तमीव्रतका साथै अष्टमीव्रत पनि आजै हेर्नुहोस् आजको दिन २०७७ चैत्र २२ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Apr 3, 2021

रविसप्तमीव्रतका साथै अष्टमीव्रत पनि आजै हेर्नुहोस् आजको दिन २०७७ चैत्र २२ गते

  


श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, चैत्र महिनाको २२ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अप्रिल महिनाको ४ तारिख, आइतवार  हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्रकृष्णपक्षको सप्तमी तिथि बिहान ९।२१     बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मूल  नक्षत्र बिहान ७।३६ बजेसम्म रहनेछन् । यसैगरी आज परिघ योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।५३ मा छ भने सूर्यास्त बेलुका ६।२२ बजे हुनेछ । चन्द्रमा आज  धनु  राशिमा रहेका  छन् ।  

आज रविसप्तमीव्रतका साथै अष्टमीव्रत पनि आजै परेको छ । रविसप्तमीव्रतमा सूर्य भगवान्को उपासना गरिन्छ । यसैगरी अष्टमीमा महालक्ष्मी भगवतीको उपासना हुने गर्दछ । 


No comments:

Post a Comment