श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको २ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अप्रिल महिनाको १५ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्रशुक्लपक्षको तृतीया तिथि दिवा १।२२ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । कृत्तिका नक्षत्र बेलुका ६।३३ बजेसम्म रहनेछन् । यसैगरी आज आयुष्मान् योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।४२ मा छ भने सूर्यास्त बेलुका ६।२८ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा रहेका छन् ।
आज मत्स्यजयन्ती हो । चैत्रशुक्लतृतीयामा मत्स्यावतार भगवान्को उत्पत्ति भएको अवसरमा आज मत्स्यनारायण मेला पनि लाग्ने गर्दछ । पृथ्वीमा लय भएपछि मत्स्यावत् भगवान्ले सम्पूर्ण बीजको रक्षा गर्नुभएका कथा प्रसङ्ग पुराणमा वर्णन पाइन्छन् ।
No comments:
Post a Comment