आज आइतवार हेर्नुहोस् आजको दिन २०७८ वैशाख १२ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Apr 24, 2021

आज आइतवार हेर्नुहोस् आजको दिन २०७८ वैशाख १२ गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको १२ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अप्रिल महिनाको २५ तारिख, आइतवार हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।


 सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्रशुक्लपक्षको त्रयोदशी तिथि दिवा २।२१      बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । हस्ता नक्षत्र राति १२।५७ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।३१ मा छ भने सूर्यास्त बेलुका ६।३४ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा रहेका  छन् ।  


आज आइतवार सूर्य भगवान्को उपासनाका साथै राता वस्तुको प्रयोग शुभ रहनेछ । 

No comments:

Post a Comment