जन्मपत्रिका (चिना) बनाउने, फलादेश गर्ने र साइत जुराउने नेपालीमा उदाहरणसहितको पुस्तक ज्योतिष–प्रवेशिका प्रकाशित भएको छ ।
ज्योतिषशास्त्रका आधारभूत विषयवस्तु समेटिएको पुस्तक ‘ज्योतिष–प्रवेशिका’ प्रकाशित भएको छ । जन्मपत्रिका चिना बनाउने, फलादेश गर्ने र साइत जुराउने विभिन्न तरिकाको संस्कृत एवं नेपाली भाषामा उदाहरणसहित प्रस्तुत पुस्तकक नेपाल संस्कृस्कृत विश्वविद्यालयअन्तगृत सञ्चालित प्राक्शास्त्री ऐच्छिक ज्योतिषको पाठ्यक्रमा पनि आधारित रही तयार पारिएको छ ।
ज्योतिषका तीनै पक्ष सिद्धान्त, संहिता र होरालाई संक्षेपमा समेटिएको पुस्तक ‘ज्योतिष–प्रवेशिका’ हो । पुस्तकको आरम्भमा ज्योतिषशास्त्रको परिचयका नामजुराउने तरिका, ग्रहस्पष्ट, लग्नस्पष्ट, विंशोत्तरी त्रिभागी दशावर्षसाधन, षड्वर्गकुण्डलीसाधन, दशाको फलादेश, भाववाट विचारणीय विषयवस्तु रहेका छन् । जसको अध्ययनबाट आकाशीय ग्रह गणना गरी चिना तयार गर्नुका साथै फलादेशका आधारभूत ज्ञान लिन सकिन्छ । दोस्रो खण्डमा मुहुत्र्तचिन्तामणिअन्तर्गत विभिन्न साइत जुराउने विधिको उदाहरणसहित प्रस्तुति रहेको छ । जसको अध्ययनबाट शुभ मुहूत्र्त अर्थात् विवाह, व्रतबन्ध, यात्रा, गृहारम्भ, गृहप्रवेश आदि थुप्रै साइत जुराउन सकिन्छ । यसैगरी लघुजातकम् खण्डमा फलादेशका विभिन्न सूत्रहरू बताइएको छ । फलादेशका निम्ति आधारभूत विषवस्तुको ज्ञान उक्त खण्डको अध्ययबाट प्राप्त गर्न सकिन्छ ।
गोलपरिभाषाखण्डमा खगोल एवं भूगोलको गोलीय परिचय पाउन सकिन्छ । ग्रहलाघवम्मा करण विधिबाट ग्रह एवं पञ्चाङ्कगणना गर्ने तरिका उदाहरणसहित बताइएको छ । यसैगरी परिशिष्ट खण्डमा मानक एवं स्थानीय सूर्योदय निकाल्ने तरिका, कल्प एवं सृष्टिदेखि हालसम्म व्यतीत भएका वर्ष साधन विधि, अयनांश साधन, भुक्तभोग्य प्रकारले प्रथमलग्न साधन, दशमलग्न साधन, ससन्धिद्वादशभाव साधन नेपालीमा उदाहरणसहित प्रस्तुत गरिएको छ ।
यसका साथै सुदर्शनचक्र साधन, षोडशवर्गकुण्डलीसाधन, विंशोत्तरदिशाको अन्तर्दशा, त्रिभागी अन्तर्दशा योगिनी अन्तर्दशा, प्रत्यन्तर, सूक्ष्म प्राणदशा साधन उदाहरणसहित बताइएको छ । यसैगरी अक्षांश देशान्तरको परिचय, नमूना जन्मपत्रिका(चिना), मनु, संवत्सर, अयन, ऋतु, अधिक्षयमास, संख्याज्ञान, प्राच्य मापन विधि साथै षोडशवर्गकुण्डलीवाट विचारणीय विषयका वारेमा संक्षिप्त परिचय पनि प्रस्तुत गरिएको छ । ज्योतिषसँग सम्बन्धित व्यवहारोपयोगी विषवस्तुको नेपालीमा अर्थ एवं उदाहरण सहित प्रस्तुति रहेकाले ज्योतिको आधारभूत ज्ञानका निम्ति पुस्तक सहयोगी सिद्ध हुने देखिन्छ ।
No comments:
Post a Comment