भद्रं भद्रं कृतं मौनं कोकिलैर्जलदागमे ।
दर्दूराः यत्र वक्तारः तत्र मौनं हि शोभते ।। –सुभाषितरत्नाकर
जब वर्षाऋतु आउछ, अनि कोइिलीका गीत सुनिदैनन् । किनकि उक्त समयमा घनवर्षाकोआवाजले कोईलीको सुमध्र स्वरलहरी श्रोतासम्म पुग्न दिँदैन । जसले गर्दा उक्त समयमा मौन रहनु नै उचित हुन्छ ।
आफ्नो उचित समय नआइकन कुनै पनि कार्यमा अघिसरेर बोल्नु हुँदैन भनिएको छ । हरेक कार्यको निश्चित समय हुन्छ । अनुपयुक्त समयमा बोलिएको बोलीले कुनै प्रभाव र अर्थ राख्न सक्दैन । उचित समयमा गरिएका कार्य नै प्रभावकारी हुने गर्दछन् । वसन्तऋतुमा कोइलीले गाएको गीतको सबैले प्रसंशा गर्दछन् । प्राकृतिक परिवेशले पनि सुमधुुर तुल्याएरहेको हुन्छ । तर त्यही कोइलीले वर्षाऋतुमा गाएको आवाज वर्षाको घनध्वनिले विकृत बनाइदिन्छ अर्थात् सुमधुर सुनिदैन । अतः उचित समयमा मात्र आफ्ना कुरा खोल्नु पर्दछ । अनुकूल समयमा मात्र बोल्नु पर्छ प्रतिकूल समयमा मौन रहनु नै उचित हुन्छ भन्ने नीतिवचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –
No comments:
Post a Comment