श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, ज्येष्ठ महिनाको १ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको १५ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत वैशाखशुक्लपक्षको तृतीया तिथि बिहान ५।३४ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । मृगशिरा नक्षत्र बिहान ६।४२ बजेसम्म रहनेछन् । यसैगरी आज धृति योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।१७ मा छ भने सूर्यास्त बेलुका ६।४५ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा छन् ।
आज वृषसंक्रान्ति हो । यसैगरी आजबाट सूर्य वृष राशिमा प्रवेश गरेकाछन् । ग्रष्मिऋतुको पनि आरम्भ भएको दिन स्नानपूर्वक संक्रान्तिफल श्रवण गर्नाले गंगास्नान बराबरको फल मिल्ने कुरा धर्मशास्त्रमा उल्लेख पाइन्छ ।
आजको राशिफल
२०७८ ज्येष्ठ १ गते, शनिवार
मेष राशिः व्यवसायमा वृद्धि हुनेछ । बौद्धिक कार्यमा मन जानुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विद्याको क्षेत्र आज मध्यम फलदायी रहनेछ ।
वृष राशिः प्रेममा पारख बढ्नेछ । व्यवसायिक सफलता प्राप्त हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । शत्रुपक्ष दुर्वल रहनेछन् ।
मिथुन राशिः बौद्धिक कार्यमा मन जानेछ । बोलीमा ओज रहनुका साथै कार्यक्षेत्रमा पनि सफलता मिल्न देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।
कर्कट राशिः चन्द्रमा आज प्रतिकूल रहनेछन् । खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।
सिंह राशिः पराक्रम बढ्नेछ । मित्र लाभ हुनुका साथै आर्थिक उन्नतिका योग पनि देखिन्छन् । परोपकारी कार्यमा विशेष लागव रहनसक्नेछ ।
कन्या राशिः व्ययमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहनुका साथै कार्यमा पनि अस्थिरताले राज गर्न सक्ने देखिन्छ । आज जलीय वस्तु लाभदायी रहनेछन् ।
तुला राशिः धातुजन्य वस्तु लाभदायी रहनेछन् । धार्मिक कार्यमा रुचि रहनुका साथै अध्ययन अध्यापानको क्षेत्र पनि सबल रहनेछ । मित्र सहयोगले दिन सार्थक बन्ने देखिन्छ ।
वृश्चिक राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्चमा पनि वृद्धि गराउनसक्ने देखिन्छ । प्रेम जीवन मध्यमफलदायी रहनेछ ।
धनु राशिः पराक्रम बढ्नेछ । कला साहित्यका क्षेत्रमा रुचि रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । भौतिक वस्तुबाट लाभ रहने देखिन्छ ।
मकर राशिः पारिवारिक सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यापार व्यवसायमा पनि उन्नति हुने देखिन्छ । लेखन कार्यमा विशेष अभिरुचि रहनेछ ।
कुम्भ राशिः पारिवारिक सुख मिल्नेछ । आयमा वृद्धि हुनुका साथै सामाजिक कार्यमा मन अभिप्रेरित रहनेछ । कर्म क्षेत्र सबल रहने देखिन्छ ।
मीन राशिः शत्रुपक्ष सबल रहनेछन् । आर्थिक अस्थिरताका साथै कार्य क्षेत्रमा पनि संघर्ष र्नुपर्ने देखिन्छ । प्रेम जीवन मध्यम फलदाय िरहनेछ ।
No comments:
Post a Comment