आज शनिवार, पञ्चाङ्गसहित आजको दिन २०७८ ज्येष्ठ २९ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jun 11, 2021

आज शनिवार, पञ्चाङ्गसहित आजको दिन २०७८ ज्येष्ठ २९ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल ज्येष्ठ महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जुन महिनाका १२ तारिख, शनिवार  हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ शुक्लपक्षको द्वितीया तिथि बेलुका ६।३६    बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । आद्र्रा नक्षत्र बेलुका ४।०० बजेसम्म रहनेछन् । यसैगरी आज गण्ड योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।९ मा छ भने सूर्यास्त बेलुका ६।५८ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा छन् ।   

आज  शनिवार शिवजीको उपासनका साथै पिपलको दर्शन एवं पूजन शुभ फलदायी रहनेछ । यसैगरी आज शनिमृत्युञ्जयस्तोत्र पाठ पनि शुभ रहनेछ ।  

 

आजको राशिफल

२०७८ ज्येष्ठ २९ गते, शनिवार        



मेष राशिः आर्थिक उन्नति हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै प्रेममा पारख बढ्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ । 


वृष राशिः  वित्तीय लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेम जीवन सुखद् रहनेछ ।


मिथुन राशिः गृह सुख मिल्नेछ । कार्य क्षेत्रमा उन्नतिका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । मित्र सहयोग मिल्ने देखिन्छ ।


कर्कट राशिः दिन कार्यदायी रहनेछ । खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ । 



सिंह राशिः प्रिय लाभ हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । कला मनोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ ।


कन्या राशिः गृहसुख मिल्नेछ । कान्ति वृद्धिका साथै सौन्दर्य प्रसाधनमा विशेष लगाव रहनेछ ।  आयमा पनि वृद्धि हुने भएकाले दिन सुखमय व्यतित हुने देखिन्छ ।


तुला राशिः वित्तीय लाभ हुनेछ । आमदानीका स्रोत बढ्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अन्य क्षेत्र मध्यम फलदायी रहनेछन् ।  


 वृश्चिक राशिः शत्रुपक्ष सबल रहनेछन् । कार्य व्यवसायमा संघर्षका साथै खर्चवृद्धिको पनि सामना गर्नुपर्ने देखिन्छ । 


धनु राशिः पराक्रम बढ्नेछ । मित्र लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । प्रेम जीवन पनि आज रमणीय रहनेछ ।


  मकर राशिः  बोलीको प्रभावकारितामा कमी आउनेछ । खर्च वृद्धिका साथै प्रतिकूल स्वास्थ्यको पनि सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ । 


कुम्भ राशिः भौतिक वस्तुबाट लाभ हुनेछ । आर्थिक उन्नतिका साथै कार्य व्यवसायमा पनि उन्नति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । 


मीन राशिः  शत्रुपक्ष सबल रहनेछन् । चन्द्रमाको प्रतिकूलताले गर्दा कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा पनि सजग रहनु नै उचित हुनेछ । 


No comments:

Post a Comment