सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको पूर्णिमा तिथि बिहान ८।१ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । उत्तराषाढा नक्षत्र दिवा १।३७ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भ योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।२३ मा छ भने सूर्यास्त बेलुका ६।५६ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा रहेका छन् ।
आज गुरुपुर्णिमा पर्व हो । आषाढ शुक्लपूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । सबैभन्दा लामो पूर्णिमा तिथि रहने भएकाले यो दिनलाई गुरुपुर्णिमा भनिएको हो । गु अर्थात् अन्धकार र रु भनेको हटाउने वाला अर्थात् अन्धकार हटाई उज्यालो मार्ग प्रदान गर्ने गुरुको शाब्दिक अर्थ हुन्छ । आषाढ शुक्लपक्षको पूर्णिमालाई गुरुपूणर््िामा भनिन्छ । लामोदिनसँग सम्बन्धित रहने पूर्णिमा भएकाले पनि यो दिनलाई गुरुपूर्णिमा भनिएको हो । यसदिनलाई व्यासपूर्णिमा पनि भनिन्छ । गुरुपूर्णिमामा हाम्रा पूज्य मार्गदर्शक गुरुहरूको श्रद्धाभक्तिपूर्वक पूजा हुने गर्दछ ।
गुरुलाई साक्षत् ब्रह्मा, विष्णु र महेशका अवतारका रूपमा पनि स्वीकार गरिएको छ । यसैले पनि पूर्वीय सभ्यतामा गुरुप्रति आदरभाव व्यक्त गर्ने यस दिनको विशेष महŒव रहेको छ । ज्योतिषीय दृष्टिले हेर्ने हो भने पनि पूर्णिमा परिपूर्णको प्रतीक हो । यसमा पनि गुरु अर्थात् लामो पूर्णमा पर्ने भएकाले पनि यो समयलाई विशेष रूपमा लिइन्छ । यस दिन आकाशमा सबैभन्दा ठूलो चन्द्रमाको दर्शन हुने गर्दछ । यसैगरी पूर्णिमालाई पूर्णा तिथि पनि भनिन्छ । गुरुले नै संसारी ज्ञानबाट पूर्ण गराउने वर्षभरिकै सबैभन्दा समुज्वल रात्रि रहने भएकाले पनि यसदिन गुरुप्रति श्रद्धाभक्ति अर्पण गर्ने चलन रहेको हो । अन्धकारयुक्त रात्रिलाई पनि झलमल्ल बनाई आकाशमा अधिक समयसम्म चन्द्रमा विद्यमान रहने भएकाले पनि गुरुपूर्णिमामा गुरुको उपासना गर्ने चलन वैज्ञानिक रहेको पाइन्छ ।
संसार अपूर्ण छ । पूर्ण केवल ईश्वरबाट मात्र सम्भव छ । गुरु पनि साक्षात् भगवानका अवतार हुने भएकाले पूर्णिमा तिथिलाई विशेष दिनका रूपमा मनाउने चलन रहेको हो । यसैगरी पूर्णिमालाई पर्व तिथिका रूपमा पनि मनाइन्छ । गुरु प्रति सम्मान व्यक्त गर्दै आदर भाव प्रकट गर्ने पर्व गुरुपूर्णिमा हो । यसकारण पनि गुरुपूर्णिमामा गुरुप्रति श्रद्धाभक्ति व्यक्त गरिन्छ ।
नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
No comments:
Post a Comment