नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
आश्विन कृष्णपक्षको त्रयोदशीका दिन मघा नक्षत्र परेको अवसरमा मघा श्राद्ध गर्ने धर्मशास्त्रीय विधान रहेको छ । नक्षत्रमण्डलका दशौँ नक्षत्र मघाका स्वामी पितृ हुन् । यस दिन पितृप्रति श्रद्धा भक्तिभावपूर्वक गरिने काम्य विशेष श्राद्धलाई मघाश्राद्ध भनिन्छ । महालय(सोह्रश्राद्ध) भित्र पर्ने भएकाले त्रयोदशी श्राद्धलाई नै मघा भन्ने बुझाइ हुनसक्छ । तर महालयको त्रयोदशीश्राद्ध र मघाश्राद्ध फरक हुन् । मघा श्राद्ध भिन्न उद्देश्यले सम्पादन गरिन्छ भने पार्वणको त्रयोदशी श्राद्ध अर्के विधिले गरिन्छ । अतः मघा श्राद्ध पितृलाई खुशी गराई आफ्नो अभीष्ट सिद्धि गर्ने एक विशेष श्राद्ध हो ।
कहिले गरिन्छ मघा श्राद्ध ?
आश्विन कृष्णपक्षको त्रयोदशीका दिन मघा नक्षत्र परेको अवसरमा मघा श्रद्ध गनुृपर्दछ । अन्य महिनामा पनि त्रयोदशीका दिन मघा नक्षत्र पर्न सक्छ । तर आश्विनकृष्णपक्षको मघा नक्षत्रयुक्त त्रयोदशी तिथि नै मघाश्राद्धका निम्ति उपययोग गर्नुपर्दछ -
प्रौष्ठपद्यामतीतायां तथा कृष्णा त्रयोदशी ।
एतांस्तु श्राद्धकालान् वै नित्यानाह प्रजापतिः ।। (विष्णुधर्माेत्तरपुराण)
यसैगरी यो श्राद्धमा मह र घिउको विशेष प्रयोग गर्नुपर्ने विधान पनि रहेको छ-
प्रौष्ठपद्यामतीतायां मघायुक्तां त्रयोदशीम् ।
प्राप्य श्राद्धं हि कत्र्तव्यं मधुना पायसेन च ।। (प्रयोगपारिजातमा शङ्खको वचन)
यसरी आश्विन कृष्णपक्षको त्रयोदशीलाई नै मघा श्राद्ध गर्न शास्त्रले निर्देश गरेका छन् ।
यसैगरी मघाश्राद्ध मलमासमा पनि गर्न सकिन्छ ।
मघा त्रयोदशीश्राद्धं प्रत्युपस्थितिहेतुकम् ।
अनन्यगतिकत्वेन कर्तव्यं स्यान्मलिम्लुचे ।। (निर्णयसिन्धुमा काठक गृह्यसूत्रको वचन)
अधिकमास वा क्षयमास परेको समयमा कृष्णपक्षको त्रयोदशी तिथि मघायुक्त भएको समयमा पनि मघा श्राद्ध गर्न सकिने विधान पाइन्छ ।
मघाश्राद्ध गर्नुको उद्देश्य
सन्तानप्राप्ति मघाश्रद्ध गर्नुको मूल उद्देश्य हो । सन्तान नहुनेले तत् सुखका निम्ति मघायुक्त त्रयोदशीको श्राद्ध गर्नुपर्छ -
असन्तानस्तु यस्तस्य श्राद्धे प्रोक्ता त्रयोदशी ।। (निर्णयसिन्धु)
यसैगरी सन्तान भएकाले भने यो श्राद्ध गर्नु भनिएको छ । सन्तान युक्तले यदि यो श्राद्ध गर्दछन् भने वंशमा क्षय हुन्छ भन हेमाद्रिले उललेख गरेका छन्ः
असन्तानस्तु यस्तस्य श्राद्धे प्रोक्ता त्रयोदशी ।
सन्तानयुक्तो यः कुर्यात्तस्य वंश क्षयो भवेत् ।। (हेमाद्रिको वचन निर्णयसिन्धु)
यसैगरी जन्मकुण्डलीमा पितृदोष भएकाले पनि मघाश्राद्ध गर्ने चलन रहेको छ । सूर्य नीच भई प्रभावहीन भएको समयमा पनि यस्तो श्राद्ध गरिन्छ ।
कसरी गर्नुपर्छ मघा श्राद्ध
हात्तीको छायामा बसेर खीरको पिण्डदान पितृका निम्ति अपेक्षित हुन्छ भनी निणयृ सनिध्ुमा यसरी बताइएको –
अपि नः सकुले भूयाद्यो नो दद्यात्रयोदशीम् ।
पायसं मधुसर्पिभ्यां प्राक््छाये कुञ्जरस्य च ।। (निर्णयसिन्धु)
यसैगरी थोरै मह र घिउले युत्त वस्तु दान गरियो भने पनि त्यो अक्षय हुने कुरा मनुले बताएको छन् -
यत्किञ्चित् मधुना मिश्रं प्रपद्यात्तु त्रयोदशीम् ।
तदप्यक्षयमेव स्यात् वर्षामु च मघासु च ।। (मनुस्मृति)
हात्तीको पूर्वी छायामा बसी मह र घिउले युक्त पिण्डदन गर्नाले पितृ खुशी भई सन्तान सुखका साथै व.शवृद्धिको आशीर्वाद प्दान गर्दछन् भनिएको छ ।
कस्ता व्यक्तिले मघाश्राद्ध गर्नु हुँदैन ?
जोठो छोर हुने व्यक्तिले यो श्राद्ध गनुृहुँदैन -
मघायां पिण्डदानेन ज्येष्ठपुत्रो विनस्यति । (मलमासतत्तवम्)
तत्रापि महाती पूजा कर्तव्या पितृदेवतै ।
ऋक्षे पिण्ड प्रदानन्तु ज्येष्ठपुत्रे विवर्जयेत् ।। (देवीभागवत)
यसैगरी सन्ता हुनेले पनि यो श्राद्ध नगर्नू भनिएको छः
मघायुक्तत्रयोदश्यां पिण्डनिर्वपणं द्विजः ।
ससन्तानो नैव कुर्यान् नित्यं ते कवयो विदु: । (बृहत्पाराशरको वचन निर्णयसिन्धु)
यो श्राद्ध सन्तान सुखकै निम्ति गरिन्छ । जसका सनतान छन् उनीहरूका निीमत यो श्राद्ध गर्नुपर्दैन । यसैगरी ज्येष्ठ सन्तान गुमाएकाले भने यो श्राद्ध गर्ने अधिकार राख्दछन् ।
ज्योतिषीय दृष्टिमा मघानक्षत्र पितृको सम्बन्ध
सिंह राशिको क्षेत्रमा पर्ने पहिलो नक्षत्र मघा हो । सिंह राशिका स्वामी सूर्य हुन् । सूर्यको किरणद्वारा नै चन्द्रमाको माथिल्लोभागसम्म दान गरिएका पिण्डादिवस्तुको वासना रूप पितृसमक्ष पुग्ने भएकाले यस मघा नक्षत्रका दिन विशेष पितृको काम्य श्राद्ध गरिएको हो । मघा नक्षत्रसँग सूर्य र पितृ देवैको सम्बन्ध रहने भएकाले पनि यो पितृतृप्तिका निम्मि विशेष अवसर हो ।
सूर्य नीच भएको अवस्थामा, सूर्यसँग राहु वा केतु बसेको अवस्थामा सूर्यजन्य प्रभाव न्यून रहने भएकाले मघाश्राद्ध गर्नुपर्दछ । पितृदोष निवारणका निम्ति मघाश्राद्ध उत्तम मानिन्छ ।
निष्कर्ष
मघाश्राद्ध नितान्त काम्य श्राद्ध हो । अभीष्ट सिद्धिका निम्ति यो एक विशेष अवसर पनि हो । सन्तान सुख नभएकालाई यो सिद्धिदायी रहन्छ । सन्तान वृद्धिको कामना राख्नेले मघा श्राद्धगर्नुपर्ने विधान गरिएको छ । यसैगरी मघा नक्षत्रकै दिन देहान्त्य भएका पितृको पनि यसदिन पार्वण श्राद्ध हुने गर्दछ । यसैगरी पितृदोष निवारणका निम्ति पनि मघाश्राद्ध गर्ने चलन रहेको छ ।
No comments:
Post a Comment