सोह्रश्राद्धको चतुर्दशी तिथिमा कस्ता पितृको श्राद्ध गर्नुपर्छ ? हेर्नुहोस् शास्त्रीय निर्णय - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 26, 2019

सोह्रश्राद्धको चतुर्दशी तिथिमा कस्ता पितृको श्राद्ध गर्नुपर्छ ? हेर्नुहोस् शास्त्रीय निर्णय


 नारायणप्रसाद निरौला 
ज्योतिषाचार्य 

आश्विन कृष्णपक्षको चतुर्दशी तिथिका दिन अपमृत्यु अर्थात् अकालमा देहान्त्य भएका पितृको श्राद्ध हुने गर्दछ । यस दिन चतुर्दशी तिथिमा दिवंगत भएका पितृको श्राद्ध भने हुँदैन । चतुर्दशी तिथिमा देहान्त्य भएका पितृको औँशी, अष्टमी, द्वादशी आदि अन्य तिथिमा श्राद्ध गर्नुपर्दछ । युद्धमा शस्त्र प्रहारबाट मृत्यु भएका, करेन्ट आदि लागेर अकालमा मरेका, आत्महत्या गरेका, दुर्घटनामा परी देहान्त्य भएका  पितृको श्राद्ध गर्ने विशेष दिन पितृपक्षको चतुर्दशी तिथि हो । 

अपमृत्युर्भवेद्येषां शस्त्रमृत्युरथापि वा । 
श्राद्धं तेषां प्रकर्तव्यं चतुर्दश्यां नराधिपः ।। (निर्णयसिन्धु)

वृक्षारोहणलोहाद्येर्विद्युज्जलविषाग्निभिः ।
 नखिदंष्ट्रिविपन्ना ये तेषां शस्ता चतुर्दशी ।। (निर्णयसिन्धु, पृथ्वीचन्द्रोदयको वचन, पृ. ११०) 

यसैगरी रूखबाट लडेर मृत्युभएका, फलाम आदिले काटी वा च्यापी मृत्युभएका, चट्याङलागेर देहन्त्य भएका, विष पिएर मृत्युभएका, बाघ आदि जन्तुका  नङग्राबाट मृत्यु भएका, बँदेल हात्ती आदिका दाह्राले प्राणान्त भएका, खान नपाएर भोकले अकालमै मृत्यु्भएका पितृको आश्विन कृष्णपक्ष चतुदृशीमा श्राद्ध गर्नु उपयुक्त हुन्छ । 

यसैगरी याज्ञवल्क्य स्मृतिमा महालय अन्तर्गत अन्य प्रत्येक तिथिमा पितृको श्राद्ध गर्न मिल्छ तर चतुर्दशीमा भने त्याज्य मानिएको छ । जुन शस्त्रबाट देहान्त्य भएका पितृको मात्र श्राद्ध गर्ने दिन हो – 
प्रतिपत्प्रभृतिष्वेकां वर्जयित्वा चतुर्दशीम् ।
 शस्त्रेण तु हता ये वै तेभ्यस्तत्र प्रदीयते ।। (याज्ञवल्क्यस्मृति, आचाराध्याय, श्लो. २६४) 
यी सम्पूर्ण वचनको सारलाई हेर्दा अकालमा मृत्यु भएका पितृको मात्र चतुर्दशी तिथिका दिन श्राद्ध गर्नुपर्ने कुरा बुझिन्छ । 

चतुर्दशीको श्राद्ध कुन विधिले गर्ने ? 

यसरी अकालमा देहान्त्य भएका पितृको श्राद्ध एकोद्दिष्ट विधिले गर्नुपर्दछ । यसैगरी  बुबा, हजुरबुबा र बुढो हजुरबुबामध्ये कुनै दुई पितृको अकालमा देहान्त्य भएको छ भने पनि एकोद्दिष्ट विधिले श्राद्ध गर्नुपर्दछ– 

पित्रादिद्वयोः शस्त्रादिहतत्वे एकोद्दिष्टे कार्ये । (धर्मसिन्धु, पृ. ७५)
यसैगरी पितृ, पितामह र प्रपितामह (बुबा, हजुरबुबा र बुढो हजुरबुबा) तीनै जनाको शस्त्रादिबाट देहान्त्य भएको छ भने पार्वण विधिले श्राद्ध गर्नु भनिएको छ – 

पित्रादीनां त्रयाणां पार्वणमेव कार्यम् । (धर्मसिन्धु, पृ. ७२) 

यसमा कसैले तीनजनाकै एकोद्दिष्ट गर्नु पनि भनेका छन् । यसरी श्राद्ध गर्दा पिण्ड सहितको श्राद्ध गर्नुपर्दछ । एक अर्घपात्र र एकपिण्डसहित धूरिलोचन देवता सहितको श्राद्ध गर्नुपर्छभनी धर्मसिन्धुका उल्लेख छ । 

कुन समयमा चतुर्दशी श्राद्ध गर्ने ? 


चतुर्दशी श्राद्ध एकोद्दिष्ट विधिले गरे पनि अपराह्नवयापिनी समयमा नै गर्नुपर्दछ – 
अत्रैकोद्दिष्टेऽपराह्नव्यापिन्येव चतुर्दशी ग्राह्या न त्वितरैकोद्दिष्टतिथिवत् मध्याह्नवयपिनीति । ( धर्मसिन्धु, पृ. ७२) 

एकोद्दिष्ट श्राद्ध मध्याह्न व्यपिनी हुन्छ । तर यो महालयअन्तर्गतको एोद्दिष्ट भएकाले मध्याह्न व्यपिनी अर्थात् दिवा १।१२ बजेदेखि ३।३६ बजेसम्मको समय अपराह्नमा गर्नुपर्दछ । 

कस्ता पितृको चतुर्दशी श्राद्ध गर्नुहुँदैन 

चतुर्दशी तिथिमा देहान्त्य भएका पितृको महालय श्राद्ध चतुर्दशी तिथिमिा गर्नुहुँदैन ।  अष्टमी, द्वादशी, औँशी वा अन्य समयमा गर्नुपर्दछ ।  यसैगरी विधिवत् सहगमन  भएका पतिपत्नीको  पनि चतुर्दशीमा श्राद्ध गर्नु हुँदैन-
वैधत्वात् सहगमनेऽपि न कार्यमिति । (निर्णयसन्धिुमा हेमाद्रिको वचन) 
 यसैगरी पानीमा डुबेका, आगोमा जलेका, भोकले मरेका, सन्यासग्रहण गरेका पितृको पनि चतुर्दशीमा श्राद्ध नगर्नु भनिएको छ - 
जलाग्निभ्यां विपन्नानां सन्यासे वा गृहे पथि ।
 श्राद्धं कुर्वीत तेषां वै वर्जियित्वा चतुर्दशीम् ।। (धर्मसिन्धुमा शाकटायनको वचन) 
पानीमा डुवी, आगोमा जली र विपन्न भई, सन्यास ग्रहण गरी  देहान्त्य भएका पितृको भने चतुर्दशी कटाएर मात्र श्राद्ध गर्नुपर्दछ । 

पितृपक्ष अन्तर्गतको चतुर्दशी  पनि एक विशेष श्राद्ध नै हो । जसको गर्ने विधान पनि शास्त्रले अलि पृथक् बताएको पाइन्छ । 

No comments:

Post a Comment