आज सोमवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन १९ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Oct 4, 2020

आज सोमवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन १९ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको १९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको ५ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  कृष्णपक्षको  तृतीया  तिथि बिहान ७।३३  बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  भरणी नक्षत्र दिवा १।४५  बजेसम्म रहनेछन् । यसैगरी आज वज्र योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।५९ मा छ भने सूर्यास्त बेलुका ५।४३ बजे हुनेछ । चन्द्रमा आज मेष  राशिमा रहेका   छन् ।  

आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग लाभदायी रहनेछ । 



 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment