साप्ताहिक राशिफल २०७७ आश्विन १८–२४ गतेसम्म - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Oct 3, 2020

साप्ताहिक राशिफल २०७७ आश्विन १८–२४ गतेसम्म

 





मेष राशिः मेष राशिका लागि साता उन्नतिकारक रहनेछ । आर्थिक लाभका योग देखिन्छन् । भौतिक वस्तुबाट लाभ रहनुका साथै सृजनात्मक कार्यमा विशेष अग्रसरता रहनेछ ।   विद्याको क्षेत्र फलदायी रहनेछ । कला साहित्य एवं सृजानामा पनि मन प्रवृत्त रहने देखिन्छ । आफन्त एवं इष्टमित्रको साथ सहयोग प्राप्तहुने देखिन्छ । सन्तति सुखका योग पनि रहेका छन् । प्रेम भाव फलदायी रहनेछ । सम्बन्धमा नयाँ आयाम थपिनेछन् । स्वास्थ्यको दृष्टिले पनि साता सुखद् रहनेछ । कृषि व्यवसायम फलिभूत रहनेछ । पशु चौपायबाट लाभका योग देखिन्छन् । धार्मिक कार्यमा रुचि रहनुका साथै सुखद् परिभ्रमणका अवसर प्राप्त हुने साताको राशिफल रहेको छ ।


वृष राशिः वृष राशिका लागि साता मिश्रित फलदायी रहनेछ । सोमवारसम्म ग्रहबल केही कमजोर देखिन्छ । खानपानमा उचित ध्यान पुर्याउनु लाभप्रद हुनेछ । यसैगरी तत् समयमा शत्रु पक्ष पनि सबल रहनसक्नेछन् । मंगलवारबाट दिन अनुकूल बन्दै जानेछन् ।  नयाँ कार्यप्रति मन अभिप्रेरित रहनेछ ।  आय आर्जनमा स्रोतमा पनि वृद्धि हुने देखिन्छ । मित्रजनका साथै सहयोग प्रात हुने देखिन्छ । प्रेम एवं दाम्पत्य सुखका योग देखिन्छन् । विद्याको क्षेत्र उन्नत नै रहनेछ । धार्मिक एवं सामाजिक कार्यमा मन प्रवृत्त रहनेछ । कला साहित्यको क्षेत्र पनि उन्नत नै देखिन्छ । विद्याको षेत्र मध्यम फलदायी रहने साताको राशिफल रहेको छ । 


मिथुन राशिः मिथुन राशिका लागि यो साता सफल रहनेछ । बौद्धिक कार्यमा मन जानेछ ।सामाजिक कार्यमा विशेष अग्रसरता रहने देखिन्छ ।  अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् परिभ्रमणका योग पनि देखिन्छन् । धातुजन्य वस्तु यो साता लाभदायी रहनेछन् ।  प्रेममा पारख बढ्नुका साथै सम्बन्धमा नयाँ आयाम थपिनेछन् । कला साहित्यको क्षेत्र पनि  यो साता सफल रहनेछ । स्वास्थ्यमा भने सजग रहनु नै उचित हुनेछ ।  मंगल र बुधबार भने ग्रह केही  प्रतिकूल रहनेछन् । जसले गर्दा कार्यक्षेत्रका साथै स्वास्थ्यमा पनि कठिनाइको सामना गर्नुपर्ने देखिन्छ । 


कर्कट राशिः कर्कट राशिका लागि यो साता लाभदायी रहनेछ । धनको क्षेत्र सबल रहनेछ । शुक्रको प्रभावले धनस्थानलाई सबल तुल्याएका छन् । व्यापार व्यवसायमा पनि वृद्धिका योग देखिन्छन् ।  पारिवारिक सुख खमिल्नेछ । कला साहित्य सृजनामा रुचि रहनुका साथै लेखन विधा विशेष पारखिलो रहने देखिन्छ ।  विद्याको भाव उन्नत रहनेछ । धार्मिक एवं सामाजिक कार्यमा अग्रसरता रहनुका साथै राजनीतिमा पनि सफलता मिल्नेछ । प्रेम जीवन  यो साता मध्यम फलदायी रहनेछ । बिहीवारबाट ग्रह बल कमजोर बन्ने देखिन्छ । जसले कार्य क्षेत्रमा सुस्तताका साथै खर्चमा पनि वृद्धि गराउनसक्ने देखिन्छ । बुद्धिपक्षको प्रयोग तत् समयमा शुभ रहने देखिन्छ । 


सिंह राशिः  सिंह राशिका लागि साता अर्थदायी रहनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै मन नयाँ कार्यमा अग्रसर रहनेछ । व्यापार व्यवसायमा वृद्धिका योग देखिन्छन् । धातुजन्य वस्तुबाट  लाभ रहनेछन् । बौद्धिक कार्यमा रुचि जाग्ने देखिन्छ  । पारिवारिक साथ सहयोग मिल्नुका साथै  कृषि व्यवसाय पनि फलिभूत रहनेछ । धातुजन्य वस्तु यो साता उन्नतिकारक रहनेछन् । सौन्दर्य प्रसाधनका साथै कला साहित्यमा पनि विशेष लगाव रहनेछ ।  प्रेम सम्बन्धमा नयाँ उचाइ थपिनेछ । अध्ययन अध्यापनमा पनि सफलता मिल्ने साताको राशिफल रहेको छ ।


कन्या राशिः कन्या राशिका लागि साता मिश्रित फलदायी रहनेछ । साताको आरम्भमा  ग्रहबल केही कमजो रहनेछ । जसले कार्यक्षेत्रमा अधिक परिश्रम गराउनसक्ने देखिन्छ । स्वास्थ्यमा पनि सजग रहनु नै लाभप्रद रहनेछ । मंगलवारबाट भने समय सुधारोन्मुख हँुदै जानेछ ।  व्यवसायमा पनि क्रमशः लाभका योग देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ ।  प्रेम जीवन यो साता सफल नै रहनेछ । सृजनात्मक कार्यमा विशेष अभिरुचि रहने देखिन्छ ।  पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् परिभ्रमणका योग पनि देखिन्छन् ।  भौतिक वस्तुबा लाभ रहने साताको राशिफल रहेको छ । 


तुला  राशिः  तुला राशिका लागि यो साता सबल रहनेछ ।  आर्थिक उन्नतिका साथै कार्य व्यवसायमा पनि वृद्धि हुनेछ । सामाजिक कार्यमा मन प्रेरित रहनेछ । मित्र सुख मिल्नुका साथै नयाँ कार्यपपितका योग पनि देखिन्छन् । ग्रहको अधिक समय अनुकुलताले कार्यप्रभावकारितामा वृद्धि हुनेछ ।  प्रेम जीवन सुखमय व्यतीत हुनेछ ।  सम्बन्धमा नयाँ पनि थपिने देखिन्छ । विद्याको भाव बलवान् रहनेछ ।  अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ । मंगल र बुधवार भने दिन संघर्षदायी रहनसक्नेछन् । तत् समयमा स्वास्थ्यमा सजग रहनु नै उचित हुने देखिन्छ । 



वृश्चिक राशिः वृश्चिक राशिका लागि साता फलदायी रहनेछ । बौद्धिक कार्यमा रुचि रहनेछ । आर्थिक लाभका साथै  व्यवसायमा पनि वृद्धिका योग देखिन्छन् । बृहस्पतिको स्वगृही निवासले धनको क्षेत्रलाई सबल तुल्याएका छन् । प्राविधिक क्षेत्रबाट पनि लाभ रहने देखिन्छ । राहु एवं केतुको प्रभावले कार्यक्षेत्रमा चपलता भने दिलाउनसक्ने देखिन्छ । निर्णयप्रक्रियामा बुद्धिपषको प्योग फलदायी रहनेछ ।  पारिवारिक सुख मिल्नेछ । मित्र लाभका साथै प्राकृतिक परिभ्रमणका योग पनि देखिन्छन् । विद्याको क्षेत्र लाभदायी रहनेछ ।  बिहीबारपछिको समय भने केही खर्चिलो रहनसक्ने देखिन्छ । तत् समयमा शत्रुपक्षबाट पनि सजग रहनु नै उचित हुनेछ । 

 

 धनु राशिः  धनु राशिका लागि यो साता सुखद् रहनेछ । सातभरि नै ग्रह अनुकूल रहनेछन् । धन एवं ऐश्वर्यको क्षेत्र उन्नत देखिन्छ । आर्थिक लाभका साथै  नयाँ कार्य व्यवसायमा मन प्रवृत्त रहनेछ । मित्र सहयोग पनि निरन्तर प्राप्त हुने देखिन्छ । शत्रु पक्ष निर्वल रहनेछन् । प्रेम सम्बन्ध सुखद् रहनेछ । कृषि व्यवसाय पनि फलिभूत नै रहनेछ । कला साहित्य एवं संगतिको क्षेत्र उर्वर देखिन्छ ।  परिवारबाट पनि साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । आध्यातिमक कार्यमा मन विशेष प्रवृत्त रहने साताको राशिफल रहेको छ । 

मकर राशि  : मकर राशिका लागि साता मध्यम फलदायी रहनेछ । साताको आरम्भमा ग्रहबल केही कमजोर रहनेछ । जसले गर्दा कार्यक्षेत्रमका संघर्षका साथै खर्चमा वृद्धिको सामना गर्नुपर्ने देखिन्छ । मंगलवारपछिका समय सुखद् बन्दै जानेछन् । मन यनाँ कार्यमा प्रवृत्र रहनेछ ।  भौतिक वस्तु लाभदायी रहनेछन् । आय आर्जनमा वृद्धिका साथै लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् ।  मित्र जनको साथ सहयोग प्राप्त हुने देखिन्छ । कार्यक्षेत्रमा संघर्ष गर्नुपरे पनि उचित प्रतिफल मिल्ने देखिन्छ । विद्यको भाव फलदायी रहनेछ । प्रतिस्पर्धातमक क्षमतामा वृद्धि हुनेछ । कला साहित्य एवं संगतिमा लाग्नेका निम्त साताको उत्तरार्ध फलदायी रहने देखिन्छ । 


कुम्भ राशिः कुम्भ राशिका लागि लाभदायी रहनेछ । वित्तीय क्षेत्र सबल रहनेछ । आर्थिक उन्नतिका साथै कार्यव्यवसायमा पनि वृद्धि हुनेछ । स्वास्थ्यको भाव सबल देखिन्छ । धार्मिक कार्यमा मन प्रवृत्त रहनुका साथै  सुखद् यात्रका अवसर पनि प्राप्त हुनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।  प्रेम जीवन मध्यम फलदायी रहनेछ । सांगीतिक क्षेत्रमा पनि यो साता सफल रहनेछ । धातुजन्य वस्तु लाभदायी रहनेछन् । पारिवारिक सुख मिल्नुकासाथै कार्य व्यवसायमा पनि उन्नति हुने देखिन्छ ।  मंगल र बुधवार भने ग्रह बलमा कमी रहनेछ । जसले खर्चमा वृद्धिका साथै  स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । तत् समयमा सजग रहनु नै उचित हुने साताको राशिफल रहेको छ । 


मीन राशि  : मीन राशिका लागि साता फलदायी रहनेछ  । धनको क्षेत्र सबल देखिन्छ । मित्र सहयोग मिल्नुका साथै नयाँ कार्ययोजनमा मनमा छाउनेछन् । वित्तीय क्षेत्र मध्यम फलदायी रहनेछ ।  अध्ययन अध्यापनमा रुचि जाग्नुका साथै प्रतिस्पर्धात्मक षमतामा पनि वृद्धि हुने देखिन्छ । सांगीति क्षेत्र सफल रहनेछ । जलीय वस्तु विशेष लाभदायी रहनेछन् ।  कला साहित्य एवं संगीतको क्षेत्र यो साता फलदायी नै रहनेछ । राजनीति कर्मीका निम्ति भने केही संघर्षदायी रहने देखिन्छ । मंगल र बुधवार भने ग्रहबलमा कमी रहनेछ ।  जसले गर्दा कार्यमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्नेछ । स्वास्थ्यमा सजग रहनुका साथै बुद्धिपक्षको प्रयोग यो साता सुखद् रहने देखिन्छ । 

उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्


No comments:

Post a Comment