श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको ११ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत डिसेम्बर महिनाको २६ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । क लिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको द्वादशी तिथि राति ४।१६ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । भरणी नक्षत्र दिवा ११।२२ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।५४ मा छ भने सूर्यास्त बेलुका ५।१४ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा रहेका छन् ।
आज शनिवार शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं पूजन शुभ फलदायी रहनेछ । यसैगरी आज शनिजन्य दोष निवृत्तिका निम्ति शनिमृत्युञजयका पाठ पनि शुभफलदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment