आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ पौष १३ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 27, 2020

आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ पौष १३ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको १३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत डिसेम्बर महिनाको २८ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको  चतुर्ददशी  तिथि  अहोरात्र  बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् ।  रोहिणी नक्षत्र दिवा ४।५५ बजेसम्म  रहनेछन् । यसैगरी आज शुभ  योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ६।५५ मा छ भने सूर्यास्त बेलुका ५।१६ बजे हुनेछ । चन्द्रमा आज वृष  राशिमा रहेका   छन् ।  

आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग शुभ फलदायी रहनेछ । यसैगरी चन्द्रजन्य दोष निवृत्तिका निम्ति ॐ सों सामाय नमः भन्ने मन्त्रको जप शुभ फलदायी रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment