श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको १२ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत डिसेम्बर महिनाको २७ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको त्रयोदशी तिथि बिहानका राति ६।३० बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । कृत्तिका नक्षत्र दिवा १।५२ बजेसम्म रहनेछन् । यसैगरी आज साध्य योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५५ मा छ भने सूर्यास्त बेलुका ५।१५ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा रहेका छन् ।
आज आइतवार सूर्यनारायण भगवान्को उपासनाका साथै राता वस्तुको प्रयोग लाभप्रद रहनेछ । यसैगरी आज सूर्यजन्य दोष निवारणका निम्त आदित्यहृदयस्तोत्रपाठ पनि शुझलदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment