साप्ताहिक राशिफल २०७७ पौष १२–१८ गतेसम्म - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 26, 2020

साप्ताहिक राशिफल २०७७ पौष १२–१८ गतेसम्म

 



मेष राशिः  मेष राशिका लागि साता सबल रहनेछ । कार्यक्षेत्रमा उन्नतिका योग देखिन्छन् । कर्मस्थानमा शनिको निवासले प्रशासनिक क्षमतामा वृद्धि गराउनेछन् । बौद्धिपक्ष पनि उन्नत नै रहनेछ । आर्थिक दृष्टिले यो साताको पूर्वाद्ध सबल रहनेछ । मंगल र बुधवारको समय केही कार्यदायी रहनसक्नेछ । सेयर व्यवसायमा बिहीवारपछिको समय सुखद् रहनेछ । धातुजन्य वस्तुबाट लाभका योग देखिन्छन् । मित्र पक्षसबल रहनुका साथै सुखद् परिभ्रमण्माका अवसर प्राप्त हुनेछन् । कृषि व्यवसायीका निम्त पशु चौपायबाट लाभ हुनेछ । जग्गा गमीनको ककारोबार मध्यम देखिन्छ । विद्याको क्षेत्र–  लाभदायी रहनेछ । प्रतिस्पधाृत्मक क्षमतामा वृद्धिका योग रहेका छन् । कलात्मक पक्ष सबल रहनेछ । खेल क्षेत्रबाट पनि लाभका अवसर मिल्नेछन्  । वैदेशिक पक्ष लाभप्रद रहनेछ । कार्यमा उन्नतिका अवसर मिल्नेछन् । भाग्य भाव पनि बलवान् देखिन्छ ।  स्वास्थ्यका देष्टिले साता मध्यम फलदायी रहनेछ । शीतककारक वस्तुको प्रयोगमा सजग रहनु नै उचित हुनेछ ।  पारिवारिक पक्ष सबल नै रहनेछ । सन्तति सुखका योग पनि देखिन्छन् । प्रेम प्रणयमा सफलता मिल्ने साताको राशिफल रहेको छ । 


वृष राशिः वृष राशिका लागि यो साता सुखद् रहने देखिन्छ । साताभरि नै ग्रहबल अनुकूल देखिन्छ । जलीय वस्तुबाट विशेष लाभ हुनेछ । मित्रपक्ष सबल रहनुका साथै कार्यक्षेत्रबाट पनि लाभका योग देखिन्छन् । सामाजिक मान प्रतिष्ठामा पनि वृद्धिका योग रहेका छन् । राजनीतिको क्षेत्र मध्यम फलदायी रहनेछ । आर्थिक दृष्टिले साता सुखद् रहनेछ । व्यवसायमा उन्नतिका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । सेयर व्यवसायबाट पनि लाभका योग देखिन्छन् । पारिवारिकदृष्टिले साता सुखद् नै रहनेछ । आफन्तजनका साथ सहयोगले उल्लेख्य कार्यसम्पादन हुने देखिन्छ । प्रेमक्ष यो साता सुदृढ रहनेछ । नयाँ प्रेम सम्बन्ध स्थापित गर्नेका निम्त पनि यो समय सुखद् रहनेछ । कला मनोरञ्जनमा विशेष अभिरुचि रहनेछ ।  विद्याको भाव सफल देखिन्छ । तर्कशक्तिमा विकास हुनेछ । प्राविधिक क्षेत्रको अध्ययन गनेृका निम्त साता सुखद् रहनेछ । स्वास्थ्यको भाव सबल नै देखिन्छ । कृषि व्यवसयीका निम्ति तरकारी एवं फलफूलजन्य वस्तुबाट लाभ रहनेछ । वैदेशिक पक्ष पनि सुखद् नै रहने देखिन्छ । 


मिथुन राशिः  मिथुन राशिका लागि साताको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । सोमवारसम्म कार्यमा व्यवस्तता रहनुका साथै अधिक परिश्रम गर्नुपर्ने देखिन्छ । तत् समयमा चन्द्रमाको प्रतिकूलताले खर्चमा वृद्धि गराउन सक्नेछन् । यसैगरी स्वास्थ्यमा पनि सजग रहनु नै उचित हुनेछ । मंगलवारपछिको समय  भने सुखद् बन्दै जाने देखिन्छ । क्रमशः कर्मक्षेत्र– मा पनि उन्नति हुँदै जाने देखिन्छ । प्राप्त अवसरलार्य नगुमाउनु नै उचित हुनेछ । निर्णय प्रक्रियामा भने बुद्धिपक्षको प्रयोग शुभ रहनेछ । आर्थिक दृष्टि साता मध्यम फलदायी रहनेछ ।  सेयर व्यवसय साताको उत्तराद्र्धबाट फष्टाउने देखिन्छ । कला साहित्य एवं संगीतको क्षेत्र यो साता सुखद् देखिन्छ । घर परिवारबाट पनि साथ सहयोग मिल्ने देखिन्छ । दाम्पत्य सुखका योग पनि देखिन्छन् ।  विद्याको क्षेत्र– फलदायी रहनेछ । प्राविधिक क्षेत्रको अध्ययन गर्नेका निम्त यो साता सफल रहनेछ । राजनीतिमा अधिक चाख रहनेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै अध्यात्म चिन्तनमा पनि केही समय व्यतीत हुनेदेखिन्छ ।  वैदेशिक पक्ष मध्यम फलदायी रहनेछ । स्वास्थ्यको दृष्टिले यो साता मध्यम फलदायी रहनेछ । प्रेम प्रणका दृष्टिले पनि मंगलवारपछिका समय सुखद् रहने सुखद् रहनेछ ।  



कर्कट रािश ः  कर्कट राशिका लागि साता सफल रहनेछ । विशेष यात्राका योग देखिन्छन् । यात्राभावमा मंगलको निवास रहेको छ । धार्मिक आध्यात्मिक कार्यमा विशेष संलग्नता रहनेछ । कृषि व्यवसायीका निम्ति अन्नबालीबाट लाभ रहनेछ । सेयरको क्षेत्र वृद्धिदायी देखिन्छ । लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । विद्याको भाव मध्यम फलदायी रहनेछ । मनोरञ्जनमा अधिक लगावले अध्ययन पक्षलाईकमजोर तुल्याउनसक्ने देखिन्छ ।  मित्र पक्ष सबल रहनेछन् । पारिवारिक सुखका साथै प्रेम प्रणय पनि यो साता फलिभूत रहनेछ । राजनीतिक रूपले पनि साता प्रभावकारी रहने देखिन्छ । निर्णय प्रक्रियामा अडिग  रहनु नै लाभदायी हुनेछ । खेल एवं मनोरञ्नको पक्ष यो साता सबल रहनेछ । कला साहित्य सांगीतिकका साथै खेलको क्षेत्र पनि यो साता सुखद् रहने देखिन्छ । मंगल र बुधवारको समय भने केही कार्यदायी रहनसक्ने देखिन्छ । तत् समयमा स्वास्थ्यमा सजग रहनु नै उचित रहने साताको राशिफल रहेको छ । 


सिंह राशिः  सिंह राशिका लागि साता अर्थदायी रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । आर्थिक उन्नतिका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुनेछ । लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । शेयर व्यवसाय पनि फलिभूत नै रहनेछ । कर्मक्षेत्र यो साता मध्यम फलदायी रहनेछ । कर्मभावमा राहुको निवासले कार्यक्षेत्रमा केही संघर्ष गर्नुपर्ने देखिन्छ । अधिक मेहनत गर्नुपरे पनि प्रतिफल सु्खद् रहनेछ । आफलन्त एवं इष्टजनको साथ सहयोग मिल्ने देखिन्छ । भाग्यको क्षेत्र उन्नत रहनेछ । घर परिवारबाट पनि साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।  विद्याको क्षेत्र सबल रहनेछ । कला साहित्य सृजनमा पनि विशेष रुचि रहनेछ । प्रतिस्पर्धात्मक क्षमतामका वृद्धिका योग रहेका छन् । खेलको क्षेत्र पनि यो साता रुचिकर रहने देखिन्छ । प्रेम प्रणका दृष्टिले साता सुखमय रहनेछ । सम्बन्धमा प्रगाढता थपिनेछ । बिहीवारबाट भने चन्द्रमाको प्रतिकूलता रहने भएकाले दिन संघर्षमय रहनसक्नेछ । तत् समयमा आर्थिक अस्थिरताका साथै प्रतिकूल स्वास्थ्यको सामना गर्नुपर्ने देखिन्छ । लेन देन एवं खानपानमा भने सजग रहनु उचित हुने देखिन्छ । 


कन्या राशिः कन्या  राशिका लागि साता  सुखद् रहने देखिन्छ । साताभरी नै चन्द्रमा अनुकूल रहनेछन् । जसले कार्यक्षेत्रमा उन्नतिका योग बनाएका छन् । सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ ।  आर्थिक पक्ष यो साता सबल रहनेछ ।  व्यवसायमा वृद्धिका साथै लगानीका नयाँ मार्ग प्राप्त हुनेछन्  । सेयर व्यवसायमा बीमा क्षेत्रको लगानी प्रतिफलदायी रहनेछ । पारिवारिक पक्ष पनि सुखद् रहनेछ । सुखद् परिभ्रमणका साथै अध्यात्मचिन्तनमा पनि संलग्नता रहने देखिन्छ । कृषि कर्मीका निम्ति अन्नबालीका साथै पशु चौपायको व्यवसाय फलप्रद रहनेछ । कला साहित्य एवं सृजनाको क्षेत्र पनि उर्वर रहनेछ । राजनीतबाट पनि लाभका योग देखिन्छन् । बौद्धिक कार्यमा संलग्नता रहनुका साथै खेल क्षेत्रबाट पनि लाभ रहनेछ ।  स्वास्थ्यको भाव सबल देखिन्छ ।  वैदेशिक क्षेत्रबाट लाभका साथै कार्यक्षेत्रमा पनि उन्नति हुने देखिन्छ । पे्रम प्रणका दृष्टिले साता सुखद् रहनेछ । अर्थ वणिज्यको क्षेत्रबकाट विशेष लाभ रहने साताको राशिफल रहेको छ ।


तुला  राशिः  तुला राशिका लागि यो साता मिश्रित फलदायी रहनेछ ।  सोमवारसम्मको समय केही कार्यदायी रहनसक्ने देखिन्छ । चन्द्रमा प्रतिकूल रहने भएकाले विशेष निणयका कार्यमा अग्रसर नरहनु नै उचित हुनेछ । मंगलवारपछिको समय भने सुखद् बन्दै जाने देखिन्छ । कार्यक्षेत्रमा पनि क्रमशः लाभका योग बन्दै जाने देखिन्छ । आर्थिक पक्ष यो साता मध्यम फलदायी रहनेछ । सेयर व्यवसायमा पनि बुद्धिपक्षको प्रयोग उचितहुने देखिन्छ । निर्णय प्रक्रियामा नहतारिनु नै उचिनत हुनेछ । कला सृजनाको क्षेत्र यो साता उर्वर रहनेछ । जग्जा जमीनबाट पनि उचित प्रतिफल प्राप्त हुने देखिन्छ । स्वास्थ्यको हिसाबले यो साता  मध्यम फलदायी रहनेछ । शीतकारक वस्तुबाट सजग रहनु नै उचितहुनेछ । आफन्तजनको साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक पक्ष सुखद् नै रहनेछ । वैदेशिक क्षत्र कार्यदायी रहे पनि उचित प्रतिफल भने मिल्नेदेखिन्छ । प्रेमको पक्ष अनुकूल रहनेछ । सम्बन्धमा नयाँ आयाम थपिनेछन् । राजनीतिको क्षेत्र भने यो साता संघर्षदायी रहनसक्ने साताको राशिफल रहेको छ ।  



वृश्चिक राशिः वृश्चिक  राशिका लागि यो साता उन्नतिकारक रहनेछ । कर्मक्षेत्र– सबल देखिन्छ । कार्य लाभका साथै पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् । मित्र पक्ष सबल रहनेछन् । आर्थिक दृष्टिले साता सफल रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कृषिकर्मीका निम्ति फलफूल एवं दुग्धजन्य वस्तुबाट लाभ रहनेछ । सेयर व्यवसायमा बैकिंक क्षेत्र सुखद् रहनेछ । विद्याको  भाव मध्यमफलदायी रहनेछ । प्राविधिक क्षेत्रको अध्ययन गर्नेका निम्त साता सुखमय रहनेछ । कला साहित्य एवं संगीतमा पनि रुचि बढ्ने देखिन्छ । सांगीतिक क्षेत्रबाट यो साता लाभका योग देखिन्छन् ।  वैदेशिक क्षेत्रबाट पनि उन्नति हुने देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर प्राप्त हुनेछन् ।  प्रेम पक्ष उन्नत रहनेछ । सम्बन्धमा नयाँ आयाम थपिनेछ ।  अध्यात्मिचिन्तनका साथै सुखद् परिभ्रमणका योग पनि देखिन्छन् । राजनीति एवं खेलेको क्षेत्र यो साता मध्यम फलदायी रहनेछ । स्वास्थ्यको क्षेत्र सबल देखिन्छ । मंगल र बुधवारको समय भने केही कार्यदायी रहनसक्नेछ । तत् समयमा लेनदेनका साथै खानपिनमा पनि सजग रहनु उचित हुने देखिन्छ ।  


 धनु राशिः  धनु राशिका लागि साता लाभदायी रहनेछ । सोचेका काम पूरा हुनेछन् । नयाँ कार्यमा मन अग्रसर रहनुका साथै व्यवसायमा पनि वृद्धिका योग देखिन्छन् ।  भौतिक वस्तु लाभदायी रहनेछन् । बौद्धिक कार्यमा विशेष संलग्नता रहनेछ ।  विद्याको भाव पनि फलदायी रहनेछ ।  विशेषगरी वािण्ज्य क्षेत्रको अध्ययन यो साता सुखद् रहनेछ । आर्थिक पक्ष सबल नै  देखिन्छ । धातुजन्य  वस्तुबाट विशेष लाभ हुनेछ । कागजी मुलायम वस्तुको व्यवसाय मध्यमफलदायी रहनेछ । लेनदेनका कार्यमा बुद्धिपक्षको प्रयोग शुभ रहनेछ । सेयर व्यवसाय यो साताको पूर्वाद्र्धमा सुखद् रहने देखिन्छ । कला एवं संगीतको क्षेत्र यो साता मध्यमफलदायी रहनेछ । केही संघर्ष गर्नुपरे पनि उचित प्रतिफल प्राप्त हुने देखिन्छ । कृषि व्यवसायीका निम्ति पुष्प एवं तरकारीको क्षेत्र उन्नत देखिन्छ । वैदेशकि क्षत्र मध्यम फलदायी रहनेछ । पैम प्रणयका दृष्टिले साता सुखद् नै रहनेछ । खेल क्षत्रबाट पनि लाभका योग देखिन्छन् । बिहीवारबाट भने ग्रहबलमा केही कमी रहनेछ । जसले शारीरिक आलश्यताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता निम्त्याउनसक्ने देखिन्छ । शत्रुपक्षबाट पनि सजग रहनु नै उचित हुने साताको राशिफल रहेको छ । 


मकर राशिः मकर राशिका लागि साता फलिभूत रहनेछ । कार्यक्षेत्र लाभदायी रहनेछ । कलात्मक पक्षको कार्यक्षेत्र हुनेका निम्त साता सुखद् रहनेछ । धातुजन्य वस्तु यो साता लाभदायी रहनेछन् । मित्रपष सबल रहने देखिन्छ ।  आर्थिक दृष्टिले पनि साता सुखद् रहनेछ । लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । व्यवसायमा पनि क्रमशः उन्नति हुने योग देखिन्छन् । प्रेम जीवन यो साता  सुखद् रहनेछ । सामाजिक  पद प्रतिष्ठामा अभिवृद्धिका योग पनि देखिन्छन् । बौद्धिक पक्ष यो साता सुखद् रहनेछ । अर्थ वाणिज्यको क्षेत्रबाट पनि लाभ रहनेछ । सेयर व्यवसायीका निम्ति बीमाको क्षेत्र सफल रहनेछ । पारिवारिक पक्ष पनि सबल रहनेछ । सन्ततिबाट लाभका योग देखिन्छन् ।  जग्गा जमीनबाट उपन उन्नतिका योग देखिन्छन् ।  मित्र पक्षको साथ सहयोग प्राप्त हुने देखिन्छ । विद्याको भाव फलदायी रहनेछ । अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ ।  वैदेशिक क्षेत्र यो साता उन्नत रहनेछ । स्वास्थ्यको भाव सबल देखिन्छ । धार्मिक कार्यमा पनि संलग्ता रहने साताको राशिफल रहेको छ । 



कुम्भ राशिः कुम्भ राशिका लागि साताको उत्तराद्र्ध विशेष फलदायी रहनेछ । सोमवारसम्म ग्रहबल केही प्रतिकूल देखिन्छन् । जसले कार्यक्षेत्रमा संघर्षका साथै खर्चमा पनि वृद्धि गराउनसक्नेछन् । शत्रुपक्षबाट सजग रहनु नै उचित हुनेछ । मंगलवारपछिको समय सुखद् बन्दै जानेछ ।  आय आर्जनका स्रोत क्रमशः बढ्दै जानेछन् ।  कर्मक्षेत्र उन्नत नै रहनेछ । केतुको निवासले कार्यक्षेत्रमा परिश्रम भने अधिक गर्नुपर्ने देखिन्छ ।  आर्थिक पक्ष यो साता फलदायी रहनेछ । व्यवसायमा पनि क्रमशः वृद्धिका योग देखिन्छन् ।  सेयरको लगानी प्रतिफलदायी बन्नेछ । धार्मिक कार्यमा रुचि बढ्नुका साथै अध्यात्म चिन्तनमा पनि केही समय व्यतीत हुने देखिन्छ ।  पारिवारिक पक्ष सुखद् देखिन्छ ।  पैम प्रणयका दृष्टिले साता मध्यमफलदायी रहनेछ । वाक् आक्षेप लाग्नसक्ने देखिन्छ । स्वास्थ्ग्यमा पनि सजग रहनु नै उचित हुनेछ । विशेषतः शीतकारक वस्तुबाट सजग रहनु होला ।  मित्र सहयोग मिल्नेछ । आयमा वृद्धिका साथै  सुखद्यत्राका अवसर पनि प्राप्त हुनेछन् । कृषिकर्मीका निम्ति पशु चौपायबाट लाभ रहनेछ । अध्ययन अध्यापनमा पनि सफलता मिल्ने साताको राशिफल रहेको छ । 


मीन राशि ः मीन राशिका लागि साता फलदायी रहनेछ । कार्यक्षेत्र उन्नत देखिन्छ । पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् । नयाँ काय प्राप्तिका अवसर पनि मिल्नेछन् । आर्थिक दृष्टिले साता सुखद् नै रहनेछ । धातुजन्य वस्तुबाट लाभका योग देखिन्छन् । सेयर व्यवसायमा वृद्धिका सूचक देखापर्नेछन् । कृषिकर्मीका निम्ति पशु चौपायको व्यवसाय लाभप्रद रहनेछ ।  पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । राजनीति एवं खेलको क्षेत्र यो साता सुखद् रहनेछ ।  विद्याको भाव सुखद् रहनेछ । कलात्मक पक्षको अध्ययन अध्यापन गनेृका निम्ति साता सुखद् रहनेछ ।  वैदेशिक क्षेत्रबाट पनि लाभका योग देखिन्छन् । स्वास्थ्यको भाव सबल रहनेछ । मंगल र बुधवारको समय भने कार्यदायी रहनसक्ने देखिन्छ । तत् समयमा विशेष निर्णयका कार्यमा अघि नबढ्नु नै उचित हुनेछ । यसका साथै उक्र समयमा लेनदेन एवं खानपिनमा विशेष सजग रहनुहोला । भौतिक पक्षबाट भने यो साता लाभ रहने देखिन्छ ।  

 

उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्


No comments:

Post a Comment