निर्णय कसरी लिनुपर्छ ? शुक्राचार्य यसो भन्छन् हेर्नुहोस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 21, 2020

निर्णय कसरी लिनुपर्छ ? शुक्राचार्य यसो भन्छन् हेर्नुहोस्

 

नाहङ्कारी च धर्मान्धः शास्त्राणां तत्त्वचिन्तनैः । 

एकं शास्त्रमधीयानो न विद्यात् कार्यनिर्णयम् ।। –शुक्रनीति 


निर्णय लिँदा सर्वप्रथम अहंकार त्याग्नुपर्दछ । यसैगरी वास्तविकताको पहिचान पनि गर्नुपर्दछ । यसैगरी  धर्मान्ध भई एउटा ग्रन्थ वा व्यक्ति विशेषलाई मात्र आधार मानेर निर्णय लिनु हुँदैन । 


निर्णय गर्ने कुरा सुन्दा जति सरल लाग्छ व्यवहारमा निकै कठिन परिरहेको हुन्छ । कतिपय अवस्थामा मान्छे अनिर्णयको वन्दी पनि भइरहेका हुन्छन् । निर्णय दिने व्यक्तिले सर्वप्रथमतः अहंकार र धर्मान्ध भावको त्याग गर्नुपर्दछ । मनमा अहंकार र एक पक्षको मात्र कुरा सुन्ने मान्छेले सही निर्णय दिन सक्दैन । विभिन्न शास्त्रको पनि चिन्तन मनन गर्नुपर्दछ । एउटैमात्र शास्त्रलाई आधार मानेर, एउटै मात्र धर्म वा पक्षलाई आधार मानेर गरेको निर्णय कच्चा हुन्छ । त्यसैले निर्णय गर्दा धेरै भन्दा धेरै शास्त्र प्रमाण र अधिकतम समर्थन जुटाउन सक्नुपर्दछ भन्ने शुक्राचार्यकाे नीतिवचन मननीय छ ।  – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –





No comments:

Post a Comment