श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत डिसेम्बर महिनाको २२ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको अष्टमी तिथि बेलुका राति ८।४ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र राति ३।५० बजेसम्म रहनेछन् । यसैगरी आज व्यतीपात योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६।५२ मा छ भने सूर्यास्त बेलुका ५।१२ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका छन् ।
आज मंगलवारका साथै अष्टमीव्रत पनि परेको छ । अष्टमीव्रतअन्तर्गत आज दुर्गा भगवतीको उपासना शुभफलदायी रहन्छ । यसैगरी अष्टमीमा लक्ष्मी माताको व्रतधारण पनि हुने गर्दछ । मंगलवार भएकाले आज गणेशजी एवं हनुमानजीको उपासना शुभ फलदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment