आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ पौष २० गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 3, 2021

आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ पौष २० गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको २० गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत  जनवरी महिनाको ४ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत पौषकृष्णपक्षको षष्ठी तिथि  राति ४।५७  बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाफाल्गुनी नक्षत्र बेलुका ७।७ बजेसम्म  रहनेछन् । यसैगरी आज आयुष्मान् योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।२१ बजे हुनेछ । चन्द्रमा आज  कन्या राशिमा रहेका   छन् ।  

आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी चन्द्रजन्य दोष निवृत्तिका निम्ति ॐ सों सोमाय नमः भन्ने मन्त्रको जप पनि शुभ फलदायी रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment