आज आइतवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ पौष १९ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 2, 2021

आज आइतवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ पौष १९ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको १९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत  जनवरी महिनाको ३ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत पौषकृष्णपक्षको चतुर्थी  तिथि  बिहान ७।५९  बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मघा  नक्षत्र राटि ८।०० बजेसम्म  रहनेछन् । यसैगरी आज प्रीति योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।२० बजे हुनेछ । चन्द्रमा आज  सिंह  राशिमा रहेका   छन् ।  


आज आइतवार सूर्यनारायण भगवान्को उपासनाका साथै राता वस्तुको प्रयोग  लाभप्रद रहनेछ । यसैगरी आज सूर्यजन्य दोष निवारणका निम्त आदित्यहृदयस्तोत्रपाठ पनि लाभप्रद रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment