श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल ज्येष्ठ महिनाको ९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको २३ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको द्वादशी तिथि राति १२।३९ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । हस्ता नक्षत्र बिहान ९।३ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।१३ मा छ भने सूर्यास्त बेलुका ६।४९ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् ।
आज वैष्णवको मोहिनी एकादशीव्रत रहेको छ । वैशाख शुक्लपक्षको एकादशीलाई मोहिनी भनिन्छ । मोहिनी एकादशीको व्रत धारण गर्नाले मोहका साथै पापजालबाट पनि मुुक्ति मिल्ने फल वर्णन पाइन्छ । एकादशी भगवान्को उपासना गर्ने उत्तम दिन हो । सम्पूर्ण पपकर्म नष्टभई पुण्य फलिभूत हुने एकादशीको व्रत धारण गर्नाले इह लोकको भुक्तिका साथै परलोकमा पनि मुक्ति प्राप्त हुने फल वर्णन पाइन्छ । यसैगरी एकादशीको व्रततकथा श्रवण गर्नाले पनि सम्पूर्ण पाप नष्ट भएर जान्छन् भनी एकादशी माहात्म्यमा उल्लेख गरिएको छ ।
विशेषगरी मोहबाट छुट्कारा दिलाउने भएकाले मोहिनी नाम रहन गएको हो । भगवान् श्रीकृष्णले राजा युधिष्ठिरको जिज्ञासा समाधान गर्ने प्रसङ्गमा मोहिनी एकादशीको व्रतकथा वर्णन गर्नुभएको छ ।
यसरी सम्पूर्ण शोक र मोहबाट मुक्तिदिने एकादशीको महिमा अपरम्पार रहेको छ । विधिपूर्वक भगवान्को आराधना गरी धारण गरिएको व्रतले अनैतिक पापकर्मबाट पनि मुक्ति मिल्ने फल वर्णन गरिएको छ ।
आजको राशिफल
२०७८ ज्येष्ठ ९ गते, आइतवार
मेष राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुने देखिन्छ । बौद्धिक कार्यमा पनि सफलता मिल्नेछ ।
वृष राशिः मित्र सुख मिल्नेछ । प्राज्ञिक कार्यमा मन जानुकका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेमा पारख बढ्नेछ ।
मिथुन राशिः बोलीमा विकार रहनसक्नेछ । कार्य प्रभावकारितामा कमी रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । दिन संघर्षमय रहने देखिन्छ ।
कर्कट राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । कार्य व्यवसायमा सफलता मिल्नुका साथै आर्थिक उन्नति हुने देखिन्छ । भाग्यको क्षेत्र पनि सबल रहनेछ ।
सिंह राशिः पराक्रम बढ्नेछ । कान्ति वृद्धिका साथै कलात्मक क्षेत्रमा अभिरुचि रहने देखिन्छ । धातुजन्य वस्तु पनि लाभदायी रहनेछन् ।
कन्या राशिः आर्थिक पक्ष मध्यम फलदायी रहनेछ । शत्रुपक्ष सबल रहने भएकाले कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।
तुला राशिः कार्यक्षेत्र संघर्षदायी रहनेछ । खर्चमा वृद्धि हुनुका साथै आर्थिक अस्थिरताको सामना गर्नुपर्ने देखिन्छ । बुद्धिपक्षको प्रयोग आज शुभ रहनेछ ।
वृश्चिक राशिः प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै अध्ययन अध्यापनमा मन जनेछ । व्यापार व्यववसायमा पनि वृद्धि हुने देखिन्छ ।
धनु राशिः कार्यमा सफलता मिल्नेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भौतिक वस्तुबाट लाभ रहनेछ ।
मकर राशिः खेल क्षेत्रमा रुचि रहनेछ । गृह सुख मिल्नुका साथै आय आर्जनका अवसर पनि प्राप्त हुनेछन् । व्यवसाय पनि फलदायी नै रहने देखिन्छ ।
कुम्भ राशिः दिन कार्यदायी रहनसक्नेछ । आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।
मीन राशिः सामाजिक कार्यमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि सफलता मिल्नेछ । सांगीतिक क्षेत्र सबल रहने देखिन्छ ।
x
No comments:
Post a Comment