श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल ज्येष्ठ महिनाको १२ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको २६ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको पूर्णिमा तिथि बेलुका ५।२६ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । अनुराधा नक्षत्र राति २।४५ बजेसम्म रहनेछन् । यसैगरी आज शिव योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।१२ मा छ भने सूर्यास्त बेलुका ६।५१ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् ।
आज गौतमबुद्धजयन्तीका साथै उभौलीपर्व पनि परेको छ । यसका साथै आज नै पूणर््िामा व्रतका साथै कूर्मजयन्ती पर्व पनि रहेका छन् । शान्तिका अग्रदूद गौतमबुद्धको वैशाख पूर्णिमाकै दिन जन्म र महापरिनिर्वाण पनि भएको थियो । सत्य, अहिंसा र शान्ति बुद्धका मूल सन्देश हुन् । यसैगरी किरात समुदायमा उभौलिपर्व पनि आज भव्य रूपमा मनाउने गरिन्छ ।
No comments:
Post a Comment