श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल ज्येष्ठ महिनाको ११ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको २५ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको चतुर्दशी तिथि बेलुका ७।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । स्वाती नक्षत्र बिहान ६।५ बजेसम्म रहनेछन् । यसैगरी आज व्यतीपात योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।१२ मा छ भने सूर्यास्त बेलुका ६।५० बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा छन् ।
आज नृसिंह जयन्ती हो । नृसिंहरूपी अवतार गरेर हिरण्यकशिपुजस्तो दुष्प्रवृत्तिको नाश भएको सुअवसरमा आज नृसिंह भगवान्को उपासना हुने गर्दछ । भगवान्को २४ अवतारमध्ये नृसिंह पनि एक हो । झक्त प्रह्लादको रक्षार्थ आधा मानिस र आधा सिंहको स्वरूप धारण गरी हिरण्याक्षको बध गरेका कथा पुराणमा वर्णन पाइन्छन् ।
आजको राशिफल
२०७८ ज्येष्ठ ११ गते, मंगलवार
मेष राशिः धार्मिक कार्यमा मन जानेछ । आय बढ्नुका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । मित्र सहयोगले दिनि सार्थक रहनेछ ।
वृष राशिः व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उनतिका साथै कार्य क्षेत्रमा पनि सफलता हात पर्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।
मिथुन राशिः बौद्धिक कार्यमा मन जानेछ । पारिवारिक सुख मिल्नुका साथै परोपकारी कार्यमा मन अभिप्रेरित रहनेछ । आर्थिक पक्ष पनि आज सबल रहनेछन् ।
कर्कट राशिः शत्रु पक्ष सबल रहनेछन् । कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा प्रतिकूलता रहनसक्नेछ । बोलीमा सजग रहनु नै आज उचित हुने देखिन्छ ।
सिंह राशिः आयमा वृद्धि हुनेछ । मित्र लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । व्यवसायमा सफलता प्राप्त हुने आजको राशिफल रहेको छ ।
कन्या राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । आर्थिक उन्नतिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । पारिवारिक सुख प्राप्त हुने आजको राशिफल रहेको छ ।
तुला राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । अध्ययन अध्यापना पनि आज सफलता मिल्नेछ ।
वृश्चिक राशिः खर्चमा वृद्धि हुनसक्नेछ । शत्रु भयका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । विद्याको भाव मध्भ्यम फलदायी रहनेछ ।
धनु राशिः पारिवारिक सुख मिल्नेछ । कान्ति वृद्धिका साथै सौन्दर्य प्रसाधनमा अधिक लगाव रहनेछ । विद्याको क्षेत्र मध्यमफलदायी रहनेछ ।
मकर राशिः मित्रलाभ हुनेछ । कार्य व्यवसायमा उन्नतिका साथै प्राकृतिक परिभ्रमणका योग पनि देखिन्छन् । मित्र जनको साथ सहयोगले दिन साथर्क बन्ने देखिन्छ ।
कुम्भ राशिः धार्मिक कार्यमा मन जानेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुनेछ । प्रेम जीवन पारखिले रहनेछ ।
मीन राशिः दिन कार्यदायी रहनेछ । आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । प्रेम जीवन मध्यम फलदायी रहनेछ ।
No comments:
Post a Comment